site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकामा पछिल्लो ८ दिनमा थपिए ६४९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो आठ दिनमा काठमाडौं उपत्यकामा ६४९ जना कोरोना संक्रमित थपिएका छन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन १९ गते काठमाडौं उपत्यकामा ६६५ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

जसमध्ये ४९३ जना काठमाडौंमा, भक्तपुरमा ६४ जना र ललितपुरमा १०८ जना संक्रमित रहेका थिए तर त्यसयता आठ दिनमा ६४९ संक्रमित थपिएका हुन् । 

उपत्यकामा आठ दिनमा यसरी थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत साउन २० गते काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका थिए । साउन २१ गते ६२ जना नै संक्रमित र साउन २२ गते ८७ जनामा कोरोना देखिएको थियो ।

यसैगरी साउन २३ गते १०६ जना, साउन २४ गते ६२ जना, साउन २५ गते ९२ जना कोरोना संक्रमित थपिएका थिए । 

साउन २६ गते उपत्यकामा ४४ जना र साउन २७ गते (आज) १३४ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मंगलबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । 

उनका अनुसार उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ३१४ पुगेको छ । जसमध्ये काठमाडौंमा एक हजार ५८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १५९ जना संक्रमित रहेका छन्  ।
 
हालसम्म काठमाडौंमा ९३३ जना, ललितपुरमा १२४ जना र भक्तपुरमा ३८ जना संक्रमित उपचाररत महाशाखाले जनाएको छ । काठमाडौंमा कोरोना संक्रमणबाट ७ जनाले मृत्यु भएको छ भने ललितपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro