site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पहिलो पटक सुरु भयो कोरोना संक्रमितको उपचारमा प्लाज्‌मा थेरापी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा. मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।”

प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ तर यो थेरापी अन्य देशहरूले पनि गर्दै आएको परिषदले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाको संक्रमण भएर विराटनगरका ६० वर्षका पुरुषमा प्लाज्‌मा थेरापी सुरु गरिएको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार आईसीयूमा रहेका ती पुरुषमा पहिलो डोज गत बिहीबारबाट सुरु गरिएको हो । उक्त थेरापी सुरु भएपछि ती विरामीमा सुधार भएको छ । छिटै ती पुरुषलाई आईसीयूबाट जनरल बेडमा सारिँदैछ । पहिलो प्लाज्‌मा लिने पुरुषमा गत साउन १० गते कोरोना पुष्टि भएको थियो ।

Global Ime bank

के हो प्लाज्मा थेरापी ?

स्वास्थ्य अनुसन्धान परिषदका अनुसार कोरोना भाइरसको संक्रमण निको भएका व्यक्तिको प्लाज्‌मा झिकेर नयाँ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्नु नै प्लाज्मा थेरापी हो । यो निको भएको व्यक्तिको प्लाज्मा झिकेर र नयाँ संक्रमितको रगतको माध्यमबाट दिइन्छ । 

यो विधि विशेष गरेर जटिल प्रकारका आइसियु र भेन्टिलेटरमा जाने विरामी जस्तै (क्यान्सर,मृगौला आदि)को उपचारमा प्रयोग गरिन्छ । 

कोरोना संक्रमण छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने परिषदले जनाएको छ । 

स्वास्थ्य संगठनले २०१४ मा समेत इबोला रोगको उपचारको लागि प्लाज्मा थेरापीको विधिको सिफरिस गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय