देश

काठमाडौं । निरन्तरको वर्षाका कारण दर्जनौं स्थानमा गएका साना ठूला पहिरोका कारण पृथ्वी राजमार्ग जोखिममा परेको छ ।
राजमार्गको धादिङदेखि मुग्लिनसम्मको बाटो बढी जोखिममा छ । यस क्षेत्रका केही स्थानमा त्रिशूली नदीले सडक भत्काएको छ भने केही स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भइरहने क्रम जारी छ ।
यस्तै केही घर पहिरोको उच्च जोखिममा छन् । जवाङ्ग खोलानजिकै त्रिशूलीको बहावले सडक भासिएको छ । खोलाले दुई वटा घर बगाएको छ भने एउटा घर उच्च जोखिममा छ । यस्तै धादिङस्थित मझिमटारमा माथिबाट आएको पहिरोका कारण एक पेट्रोल पम्पसहित तीनवटा घर उच्च जोखिममा छन् । हेरौं थप तस्बिर :
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७ १२:३५
प्रतिक्रिया दिनुहोस्