site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘क्रेडिट डे दो यार’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

एजेन्सी । हिन्दी गीतका रचनाकारहरूले आफ्ना रचनामा क्रेडिटको माग गर्दैै म्युजिक भिडियो तयार गरेका छन् । 

‘क्रेडिट डे दो यार’ शीर्षकमा तयार पारिएको उक्त म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको हो । जसमा वरुन ग्रोभर, स्वानन्द किरकिरे, निलेश मिश्रलगायत १५ गीतकार फिचर्ड भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चिन्मय त्रिपाठी र जोएल मुखर्जीको रचना रहेको गीतमा वरुण कौशर र स्वानन्द किरकिरले स्वर भरेका छन् ।

भिडियोको अन्त्यमा वरुण ग्रोभरले स्रोताहरूलाई यो मागमा साथ दिन आग्रह पनि गरेका छन् । “यो ठूलो विषयमा हामी १५ गीतकारको सानो प्रयास मात्रै हो,” वरुण ग्रोभर भन्छन्, “तपाईंले हाम्रो अनुहार याद गरोस् भन्ने गलत सोचमा हामी छैनौं । मात्रै हाम्रो नाम तपाईंहरूले चिनिदियोस् भन्ने चाहना मात्रै राखिरहेका छौं । म्युजिक प्लेटफर्म र युट्युबहरूबाट हराउने भनेको गीतकारहरूको नाम हो ।” 

Global Ime bank

यो भिडियो गीतकारहरूले स्ट्रिमिङ प्लेटफर्महरूप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा पोखेको मागको साता दिनपछि आएको हो । 

उनीहरूले सामाजिक सञ्जालमा स्ट्रिमिङ प्लेटफर्म एप्पल म्युजिक, जिओ साभन, गानालगायत एपको स्क्रिन सेयर गर्दै स्ट्रिमिङ प्लेटफर्महरूले गीतकारलाई ‘आर्टिस्ट’ को दर्जा नदिएको भन्दै गुनासो पोखेका हुन् । (इन्डियन एक्सप्रेस)
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement