site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोभिड–१९ ले जीवनमा ‘एकान्तता’ ल्यायो : अमिताभ बच्चन
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेता अमिताभ बच्चनले बिहीबार ब्लग लेख्दै दर्शकलाई आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । 

नानावटी अस्पतालमा कोरोना उपचारार्थ उनले ब्लगको सुरुवात कोभिड–१९ ले जीवनमा ‘आइसोलेसन’, ‘क्वारेन्टिन’ र ‘एकान्तता’ ल्याएको लेखेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमिताभले अगाडि भनेका छन्, “दिनको सबैभन्दा धेरै प्रतीक्षारत क्षण भनेको डाक्टर र नर्सको उपस्थिति नै हो ।” उनका अनुसार आइसोलेसनका दिनहरू कहिले डाक्टर र नर्स औषधि लिएर थप उपचारका लागि आउँछन् भनेर कुरेर बित्ने गरेको छ । उनले उपचार उपकरणहरूसँग खेल्न पनि सिकिसकेको बताएका छन् । उपचारका क्रममा श्वास केही सेकेन्डका लागि रोकिराख्ने र हिजोको भन्दा सुध्रिएको रिपोर्टको अपेक्षा गर्ने खेल खेल्न सिकिसकेको अमिताभले बताए । 

डाक्टर र नर्सहरूको कुरा नबुझे पनि उनीहरूको प्रतीक्षामा बस्ने गरेको अनुभव अमिताभले पोखेका छन् । साथै उनले यो अनिश्चित संसारबारे लेखेका छन्, “हामी अनिश्चित संसारमा बाँचिरहेका छौं । भोलिको दिनले के लिएर आउने हो थाहा छैन ।”

Global Ime bank

यी सबै कुराबीच दर्शकको माया र प्रार्थनाले उनलाई खुसी र आशावादी रहन प्रेरित गरिरहने अमिताभले बताएका छन् । उनले अन्तिममा लेखेका छन्, “यो छोटो समयमा मैले यतिधेरै माया र आर्शीवाद पाइरहेको छु । तपाईंहरू मसँगै मेरैछेउमा हुनुहुन्छ भनेर महसुस गरिरहेको छु ।” (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement