site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कोभिड–१९’ को त्रास र पीडाबीच आशा र उत्साहको कोशेली
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘कोभिड–१९’ को त्रास र पीडासँग जुझिरहेका विश्वभरका नेपालीभाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले आज विहीबारदेखि ’गाईजात्रा विशेष कार्यक्रम’ हुने भएको छ ।

उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको यो कार्यक्रम साउन १५ देखि २२ गतेसम्म दैनिक साँझ ८ बजे एपिवान टेलिभिजनमार्फत प्रसारण हुनेछ । साथै  युट्युब च्यानल गजुरिलयमार्फत् समेत प्रसारण गरिनेछ । 

कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्डभित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको आयोजक ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व नै कोरोनाभाइरसको संक्रमणबाट प्रभावित भएको अवस्थामा आममानिसहरुमा देखिएको मनोसामाजिक असर न्यूनीकरणमा मद्धत पुर्याउने मनोबैज्ञानिक थेरापीको रुपमा यो कार्यक्रम प्रत्येक नेपालीको घरघरसम्मै पुग्ने गरी अनलाईन माध्यम रोजिएको गजुरेलको भनाई छ । 

मनोज गजुरेल भन्छन्, ‘यो बेला जोसंग जे विज्ञता छ, उसले त्यही धर्म निर्वाह गर्ने हो ।  यस माहामरीले महामारीबाट अन्योलग्रस्त र त्रसित मनहरुलाई हौसला र उत्पेरित गर्ने प्रयास गरेका हौं ।’ 

Global Ime bank

कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपती शर्मा, चट्याङ मास्टर, शैलेन्द्र  सिंखडा, लक्ष्मण गाम्नागे,  सिताराम कट्टेल, कुञ्जना घिमिरे,  धिरेन्द्र प्रेमर्षी,  राजा राजेन्द्रको पनि प्रस्तुती रहनेछ ।

त्यसैगरी यो बर्षको गाईजात्रा विशेष कार्यक्रममा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतका प्रश्तुती पनि हेर्न सकिनेछ । 

साथमा, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, शन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, कवयत्री रत्नावली शर्माले पनि प्रस्तुती दिनेछन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement