site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मराठी अभिनेता आशुतोष घरमै मृत भेटिए
Sarbottam CementSarbottam Cement

एजेन्सी । मराठी अभिनेता आशुतोष भाकरे आफ्नै घरमा मृत फेला परेका छन् । ३२ वर्षीय अभिनेता आशुतोष नाँडेडस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

अभिनेता आशुतोषको मृत्युको खबर प्रहरीलाई उनकै बुबाले दिएका हुन् । शिवाजी नगर प्रहरी वृत्तका अनुसार उनको मृत्युको खबर बुधबार दिउँसो साढे १ बजे पाएको र बुबाको बयान पनि दर्ता भइसकेको छ । उनको मृत्युको रिपोर्ट अहिलेलाई दुर्घटनात्मक मृत्युको नाममा दर्ता गरेको प्रहरीले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको बुबाले प्रहरीलाई दिएको बयानमा आशुतोषको मृत्युमा कसैलाई पनि दोषी उल्लेख नगरिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि परिवारका अन्य सदस्यहरूसँग प्रहरीले सोधपुछ गर्न भने बाँकी छ । 

अभिनेता आशुतोषले ‘भाकर’, ‘इचार थारला पक्का’ लगायत चलचित्रमा अभिनय गरेका छन् । उनी अभिनेत्री मयूरी देशमुखसँग वैवाहिक सम्बन्धमा थिए । (नवभारत टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement