site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नाटकले हाम्रो माटो बोल्नुपर्छ : अशेष मल्ल
Sarbottam CementSarbottam Cement

काठमाडौं । रंगकर्मी तथा नाटककार अशेष मल्लले नेपाली नाटकले नेपाली माटो बोल्नुपर्ने कुरामा जोड दिएका छन् । शैली थिएटरको भर्चुअल कार्यक्रम ‘शैली संवाद’ मा उनले यसो बताएका हुन् ।

नेपालमा नाटककारहरूको कमी भएको भन्ने बुझाइ गलत भएको भन्दै यो बहानामा हाम्रा नाटकघरहरूले विदेशी नाटक मञ्चन गर्ने बानी हटाएर आफ्नै मौलिक नाटकहरू मञ्चन गर्नुपर्ने उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रोमा नाटककारहरूको कसरी कमी भयो ? राम्रोसँग अध्ययन नगर्ने अनि नाटककारहरूको कमी भयो, नेपाली नाटकै छैन भन्ने बानी परेको छ हामीलाई । बालकृष्ण सम, विजय मल्ल, गोविन्दबहादुर मल्ल (गोठाले), भीमनिधि तिवारीलगायत सयौं नाटकहरू मञ्चन गर्न योग्य छन् । यदि ती नाटकहरूमा काम गर्ने हो भने हामीसँग सय वर्षलाई पुग्ने नाटकहरू छन् ।”

यसका साथै हामीसँग थुप्रै उत्कृष्ट उपन्यासहरू पनि मञ्चनका लागि योग्य भएको भन्दैै त्यसलाई कथामा उतार्न सक्ने खुबीको खाँचो भएको पनि उनले बताए । 

Global Ime bank

राम्रोसँग अध्ययन गरी मौलिक नाटक छैन भन्दै विदेशी नाटक मञ्चन गर्ने कुरा आफूलाई कहिले पनि चित्त नबुझेको पनि मल्लले बुधबार सुनाए । कार्यक्रममा उनले नेपाली रंगमञ्चको इतिहासदेखि हालको अवस्थासम्मको बारेमा आफ्नो अनुभव बाँडेका छन् । 

उनले राज्यको रंगमञ्चमा सहयोगबारे जनतालाई जीवनजल प्रदान गर्न नसक्ने राज्यले रंगमञ्चलाई सहयोग गर्ला भन्ने अपेक्षा गर्नु बेकार भएको र यस क्षेत्रमा लागिरहेकाहरू आफैंले नै हातेमालो गरी अघि बढ्नुपर्ने कुरामा पनि जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement