site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तापसी र कंगनाबीच वाक्‌युद्ध, कंगनालाई तापसीको जवाफ - गलत गरिराख्नु भएको छ
Sarbottam CementSarbottam Cement

एजेन्सी । पछिल्लो केहीदिनयता अभिनेत्री कंगना रनौट र तापसी पन्‍नुबीच 'वाक्‌युद्ध' चलरिहेको छ । 

एक टेलभिजन अन्तर्वार्तामा कंगनाले तापसी र स्वारलाई (बी ग्रेड) र बाहिरबाट आएकी 'चापलुसी' अभिनेत्री भनेर आरोप लगाएसँगै उनीहरुबीच युद्ध सुरु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

ट्विटरमार्फत कंगनालाई जवाफ फर्काइसकेकी अभिनेत्री तापसीको कंगनाप्रति आक्रोश अझै सेलाएको छैन । 

त्यसैले तापसीले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा कंगनालाई पुन: जवाफ फर्काएकी छन् । 

Global Ime bank

बाहिरकाहरुलाई नै हेपेर उनीहरुकै लागि लडेको हो भन्‍नु गलत भएको तापसीको तर्क छ ।

उनले भनेकी छिन्, “म पछिल्लो केही दिनदेखि व्याकुल छु । मैले कहिले नराम्रो नसोचेको व्यक्तिहरुले नै मेरो बारेमा गलत बोलिदिए । हामी आ-आफ्नो विचार राख्‍न स्वतन्त्र छौं । मेरो विचार तपाईंसँग नमिल्नाले म गलत छु भन्‍न मिल्दैन । तपाईं इन्डिष्ट्रभन्दा बाहिरका कलाकारहरुको लागि लडिरहनु भएको छ तर उनीहरुलाई नै हेपेर बोल्नु गलत हो । तपाईं कसको पक्षमा हुनुहुन्छ ? की तपाईं यो मौकाको फाइदा उठाएर आफ्नो व्यक्तिगत फाइदा हेर्दै हुनुहुन्छ ।”

बाहिरी कलाकारहरुलाई चलचित्र उद्योग, मिडिया र दर्शकले भेदभाव गरेको कुरा तापसीले पनि स्वीकारेकी छन् । तर यसको मतलब तुच्छ वचनले कसैलाई पनि हेप्‍न नहुने उनको तर्क छ ।

तापसीले भनेकी छिन्,“स्टार किडले पहिलो चलचित्रबाटै पाउने वाह-वाही र चर्चा पाउन हामीलाई वर्षौदिन लाग्दछ ।”  हिन्दुस्तान टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement