site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तबारे नयाँ ‘ट्विस्ट’, मृत्युमा प्रेमिका रिया संलग्न रहेको आशंका
Sarbottam CementSarbottam Cement

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको घटनाले नयाँ मोड  लिएको छ । सुशान्तका बुबा केके सिंहले मंगलबार उनकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध पटनास्थित राजीव नगर प्रहरी वृत्तमा मुद्दा (एफआईआर) दायर गरेसँगै सुशान्तको मृत्युको घटनाले मोड लिएको हो । 

केके सिंहले रियालगायत अन्य चार व्यक्तिविरुद्ध सुशान्तलाई जबरजस्ती आत्महत्या गर्न उक्साएको भन्दै मुद्दा दायर गरेका हुन् । उनको मुद्दा यसअघि नेपोटिजमको क्षेत्रबाट हेरिएको थियो । अब भने प्रेमका नाममा ठगी भएको कोणबाट अघि बढ्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एफआईआरमा रियाले सुशान्तलाई प्रेममा फसाएर करोडौं रुपैयाँ लुटेको, जबरजस्ती पागल साबित गरी आत्महत्याका लागि उक्साएको आरोप लगाइएको छ । केके सिंहले मुद्दामा रियाले सुशान्तको १५ करोड रुपैयाँ ठगी गरेको पनि उल्लेख गरेका छन् । 

उनका अनुसार सुशान्तको बैंक खातामा १७ करोड रुपैयाँ भएकामा रियाले १५ करोड आफ्ना लागि खर्च गरेको बताइएको छ । साथै सुशान्तलाई रियाले धम्काउने गरेको आरोप पनि लगाइएको छ ।  दायर मुद्दाका अनुसार रियाले सुशान्तले आत्महत्या गर्नुपूर्व बान्द्रास्थित उनीहरू बस्ने फ्ल्याटबाट पैसा, कागजात, ल्यापटप, क्रेडिट कार्ड र सुशान्तको पासपोर्ट सुशान्तलाई थाहै नदिई लगेको आरोप छ ।

Global Ime bank

केके सिंहको मुद्दा दायरसँगै छानबिनका लागि रियाको घरमा वकिलको टिम पुगेको छ । भारतीय सञ्चारमाध्यमहरूका नुसार वकिल सतिश मानसिन्देको टिम रियाको घर पुगेको हो ।

सुशान्तको मृत्युको छानबिन बिहार प्रहरीले गर्दै
केके सिंहको रिपोर्टपछि बिहार प्रहरीले एक टोली गठन गरी सुशान्तको मृत्युबारे अनुसन्धान गर्नेछन् । यसका लागि टिमका केही सदस्य अनुसन्धानका लागि मुम्बई पुगिसकेको पनि बताइएको छ । बिहार प्रहरीको टोलीले अब हरेक कोणबाट घटनाको अनुसन्धान गर्ने र आवश्यक परे सम्भावित व्यक्तिहरूसँग दुईपटक पनि सोधपुछ गर्नेछन् । (नवभारत टाइम्स) 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement