site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमितको संख्या २५ दिनयताकै उच्च
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा २५ दिनयताकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २५ दिन यताकै सबैभन्दा बढी कोरोना मंगलबार थपिएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण एकदिनमा अहिलेसम्मकै सबैभन्दा बढी असार १९ गते देखिएका थिए । उक्त दिन ७४० जनामा कोरोना संक्रमण देखिएको थियो ।  सोही दिन ८२३ जना संक्रमणमुक्त भएका थिए । 

असार १९ सम्म संक्रमितको संख्या १५ हजार २५९ थियो भने निको हुनेको कुल संख्या छ हजार १४३ जना थियो । त्यसैगरी असार १९ सम्म ३२ जना संक्रमितको मृत्यु भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसयताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्गर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कोरोना ग्राफ हेर्दा संक्रमणको दर घट्दो क्रममा देखिन्थ्यो । 

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको सातौं दिन मंगलबार ३११ कोरोना संक्रमित फेला परेका हुन् । हालसम्म देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने ४९ जनाको मृत्यु भएको  छ। 

Global Ime bank

पछिल्लो २५ दिनको कोरोना संक्रमण ग्राफ 

असार १९ गते सर्वाधिक ७४० कोरोना भाइरस संक्रमित फेला परेका थिए । सोही दिन ८२३ जना डिस्चार्ज भएका थिए । 

असार २० गते भने कोरोना संक्रमितको संख्या एकाएक ओरालो लागेर २४ घण्टाको अवधिमा २३२ जना थपिएका थिए । उक्त दिन कोरोना निको हुनेको संख्या २७२ थियो । तर, दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

असार २१ गते २९३ कोरोना संक्रमित थपिएका थिए भने १३२ जना निको भएर घर फर्किएका थिए ।

असार २२ गते १८० कोरोना संक्रमित थपिएका थिए भने २६४ जना डिस्चार्ज भएका थियो । उक्त दिन संक्रमितको संख्याभन्दा निको हुनेको संख्या बढी थियो । यही अवधिमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको थियो । 

असार २३ गते २०४ जना कोरोना संक्रमित थपिएका थिए भने ६८८ जना संक्रमणमुक्त भएका थिए । 

असार २४ गते देशैभर २५५ जना कोरोना संक्रमित थपिए । त्यसैगरी यही अवधिमा २५३ जना निको भएर घर फर्किएका थिए ।

असार २५ गते १०८ जनामा कोरोना संक्रमण देखियो तर सोही दिन १३९ जना कोरोना संक्रमित डिस्चार्ज भए । 

असार २६ गते ११८ जना संक्रमित थपिए भने १२० जना कोरोना निको भएर घर फर्किएका थिए ।

असार २७ गते ७० जना कोरोना संक्रमित थपिएका थिए भने सोही दिन ४३१ जना कोरोना निको भएका थिए । तर उक्त दिन कोरोना संक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । 

असार २८ गते ८२ जना संक्रमित थपिए भने १४७ जना डिस्चार्ज भए । 

असार २९ गते १४४ जना कोरोना थपिएका थिए भने सोही दिन एक हजार ७०५ जना कोरोना निको भएका थिए । जुन २४ घण्टाको अवधिमा कोरोना संक्रमण मुक्त हुनेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो ।

असार ३० गते ११६ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त दिन ३४ जना कोरोना निको भएका थिए । जुन पछिल्लो २५ दिनकै सबैभन्दा कम निको भएका थिए । 

असार ३१ गते ११६ जना संक्रमित थपिएका थिए भने उक्त दिन कोरोना निको हुनेको संख्या ६९७ जना थियो । यसदिन कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको थियो । 

त्यसैगरी, साउन १ गते १६७ जना संक्रमित थपिएका थिए भने २२४ जना कोरोना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ । 

साउन २ गते १०१ कोरोना संक्रमित थपिए भने २८५ जना कोरोना निको भएका थिए । उक्त दिन एक जना कोरोनाबाट मृत्यु भएको थियो । 

साउन ३ गते ५७ जना कोरोना संक्रमण देखिएको थियो भने १०३ जना संक्रमित डिस्चाज भएका थिए । यो २५ दिनको अवधिमा देखिएका सबैभन्दा कम संक्रमितको संख्या हो । 

साउन ४ गते १५६ जना कोरोना संक्रमित थपिए भने ५८ जना कोरोना निको भएका थिए ।

साउन ५ गते १८६ जना संक्रमित थपिएका थिए भने १७३ जना कोरोना निको भएका थिए ।

साउन ६ गते १५० जना कोरोना संक्रमित थपिए भने ६०९ जना कोरोना निको भएका थिए ।

साउन ७ गते १ सय जना कोरोना संक्रमित थपिए भने २०७ जना निको भएका थिए ।भने दुई जनाको कोरोनाबाट ज्यान गएको थियो ।

साउन ८ गते १४७ जनामा कोरोना देखिएको थियो भने १५६ जना संक्रमित निकोभएका थिए । भने एक जनको मृत्यु भएको थियो ।

साउन ९ गते  १३३ जना संक्रमित थपिएका थिए, भने १०७ जना कोरोना निको भएका थिए ।भने  एक जनाको मृत्यु भएको थियो । 

साउन १० गते १०९ जना कोरोना संक्रमित थपिए भने १०६ जना संक्रमित डिस्चार्ज भएका थिए । भने एक जनाले कोरोनाबाट मृत्यु भएको थियो । 

साउन ११ गते १३० जना कोरोना संक्रमित थपिए भने ७५ जना कोरोना संक्रमित निको भए । 

साउन १२ गते १३९ जना कोरोना संक्रमित थपिए भने ६२६ जना संक्रमित डिस्चार्ज भएका थिए भने ३ जनाको मृत्यु भएको छ  । 

साउन १३ गते मंगलबार ३११ जना कोरोना संक्रमित थपिँदा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय