site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना समुदायस्तरमा फैलिएको जनस्वास्थ्य विज्ञको दाबी, मन्त्रालय भन्छ - प्रमाण छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमण केही जिल्लामा समुदायस्तरमै फैलिएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।  संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार कोरोना संक्रमण समुदायमा फैलिएको छ । उनका अनुसार नयाँ कोरोना संक्रमित भेटिएका छन् तर पुराना कोरोना संक्रमितसँग कुनै सम्बन्ध नै छैन र विदेशबाट आएको छैनन् भने कोरोना संक्रमण समुदायमा फैलिएको भनिन्छ ।

उनले भने,“कुनै पनि ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिनु भनेको नै समुदायमा कोरोना संक्रमण गएको भन्ने हो ।” उनका अनुसार काठमाडौंमा कोरोनाको स्रोत पत्ता नलागेको दुई देखि तीन महिनाअघि नै भेटिएका थिए । सुत्केरी महिलाको मृत्यु भएको पनि दुई महिना भएको छ । ती महिलामा पनि कहाँबाट कोरोना संक्रमण फैलियो थाहा नै भएको छैन । 

उनले भने,“सरकारले प्रभावकारी रुपमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गर्नुपर्ने हुन्छ  । सरकारले दैनिक यति संख्या बढ्योभन्दा पनि परीक्षणको दायरा बढाउनु पर्ने हुन्छ ।” कोरोना भाइरस नेपालमा संक्रमणदर केही घटेको जस्तो देखिए पनि केही स्थानमा बढी रहेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी,जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले केही जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको जानकारी दिए ।  उनका अनुसार साउन १ गतेभन्दा अगाडि कोरोना संक्रमितको डाटा हेर्दा ९८ प्रतिशतमा कोरोनाको लक्षण देखिएको थिएन तर अहिले ३० प्रतिशत कोरोना संक्रमितमा लक्षण देखिएको छ । 

उनले भने,“पहिला लक्षणविहीन बढी कोरोना संक्रमित कम थिए ती संक्रमितबाट अन्यमा कमै मात्र सर्ने गर्थ्यो । तर अहिले लक्षण भएका कोरोना संक्रमितले खोक्दा हाँछ्यु गर्दा, श्वास लिँदा धेरै मानिसमा सार्ने सम्भावना हुन्छ । एकातिर कोरोना संक्रमित बढी रहेका छन । अर्कोतिर कोरोना परीक्षण पनि घटेको छ ।”

Global Ime bank

उनका अनुसार नेपालमा कोरोना फैलिएको स्थानमा पनि भारतमा देखिएका कोरोना संक्रमितमा देखिएका जस्तै लक्ष्णहरु देखिएका छन् । जस्तै श्वास फेर्न गाह्रो हुने । एकदमै थकाइ लाग्‍ने । जाडो हुने । पखाला लाग्‍ने  । त्यो प्रकारको लक्षण धेरैमा देखिएको छ भने रुघाखोकी ज्वरोको केहीमा देखिएको छ । केही दिनपछि गन्ध र स्वादको क्षमतामा घटेको समेत देखिन्छ ।
स्वास्थ्य मन्त्रालयले १८ हजारभन्दा बढीको दैनिक कोरोना परीक्षण गर्न सक्ने क्षमता भन्‍ने तर परीक्षण चाहीँ नगर्ने, उनले प्रश्न गरे । 

सरकारले पुलिङ टेस्ट गरेमा १० गुणा बढी कोरोना परीक्षण गर्न सकिने उनले जानकारी दिए । “सरकारले कोरोना संक्रमित खोज्‍नुपर्ने अवस्था रहेको छ । अहिले नै कोरोना संक्रमित  खोजिएन र ढुक्क भएर बसेमा भित्रभित्र फैलिएर भोलीका दिनमा धान्न नक्ने अवस्था नआउला भन्न सकिन्न,” उनलेभने,“हामीले दैनिक चार हजारको कोरोना परीक्षण गरेर संक्रमण देखिएन भन्ने अवस्था छैन् ।”

जनस्वास्थ्य विज्ञ डा.समिरमणी दिक्षितका अनुसार कोरोना भाइरसको संस्करण समुदायमै पुगेको शंका गर्न सकिने बताए । यदि सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने, हामीले पनि कोरोना संक्रमण केही होइन भनेर बेवस्ता गर्ने । मास्क नलगाउने, भिडभाड गर्ने कोरोनाले महामारी रुप लिने उनले जानकारी दिए ।

विज्ञहरुका अनुसार समुदायमा संक्रमण फैलिएको अवस्थामा झन् सतर्क रहन जरुरी रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारीक मान्दा नेपालमा शुक्रबारसम्ममा कोरोना संक्रमण दोस्रो चरणमामै रहेको देखाएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले नेपालमा एकै स्थानमा धेरै कोरोना संक्रमित भेटिएकाले हालसम्म समुदायमा कोरोना संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन । थप संक्रति खोजपड्त्ताल गर्ने कार्य स्थानीय तहले गरिरहेको उनले बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय