site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तङ्‌ग्रिँदै डबलीका व्यापार ! (फोटो फिचर)

काठमाडौं । कोरोना महामारीबाट विश्‍व नै प्रभावित बन्यो । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कल-कारखाना, पेसा-व्यवसाय, मानिसको दैनिक जीवनयापन सबै प्रभावित बने । 

सरकारले पनि १२० दिन मुलुकभर लकडाउन (बन्दाबन्दी) घोषणा गर्‍यो । १२० दिनसम्म चौतर्फी संकटको अवस्था आयो । व्यापार व्यवसाय पनि ठप्प रहे । यही घानमा काठमाडौं वसन्तपुर डबलीका फुटपाथे व्यापारीहरु पनि परे । दशकौंदेखि वसन्तपुर डबलीमा व्यापार गर्दै आएका उनीहरुको व्यापार पनि ठप्प भए । आम्दानीका स्रोत रोकिए । 

यही डबलीमा फुटकर व्यापार गर्दै आएका व्यवसायीलाई कोरोना संक्रमणले प्रभाव पारेको प्रस्टै देखिए पनि अहिले भने बिस्तारै तङ्‌ग्रिन थालेका छन् । यहाँ ५०/६० व्यापारीहरु लामो समयको लकडाउनका कारण थलिएको व्यवसायलाई विस्तारै पुरानै लयमा फर्काउने प्रयास गरिरहेका छन् ।

करिब ६० वर्षअघि देखि वसन्तपुरको डबलीमा बाबु-बाजेले सुरु गरेको विभिन्‍न देवी-देवताका मूर्ति, रत्‍न आभूषणको व्यापार गर्दै आएका राजेश सुनुवार कोरोनाले व्यवसाय चौपट भएको गुनासो सुनाउँछन् ।

यस्तै ६ वर्ष कोरिया बसेर बाबु-आमाको बिँडो थाम्दै व्यापारमा हात हालेका लालबहादुर तामाङ पनि वसन्तपुरको व्यापारबाट असन्तुष्ट भए पनि कोरोना महामारी अन्त्यको कामना गरिरहेका छन् । एक सातादेखि पसल खोले पनि वसन्तपुरको रौनक घट्दा व्यापार शून्य झैँ भएको उनी बताउँछन् । ‘‘बिस्तारै सहज बन्दै जाला,’’ उनी आशा व्यक्त गर्छन् ।

बिहानदेखि साँझसम्म पसलमा बस्दा एक रुपैयाँको व्यापारसमेत नहुँदा नैराश्यता थपिने गरेको यहाँका व्यवसायीहरु बताउँछन् । व्यापारीहरु आफैंले उत्पादन गरेका विभिन्‍न किसिमका माला, मूर्ति, खुकुरीलगायतका विभिन्‍न वस्तुको लाखौंमा व्यापार हुने वसन्तपुर डबलीको बजार अहिले सुनसानझैं बनेको छ । यद्यपि बिस्तारै व्यापार भने तङ्‌ग्रिने अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।

वसन्तपुर डबलीका थापिएका पसल तथा त्यहाँको थप अवस्था तस्बिर यस्तो देखिएको छ :

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro