site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोनाको उच्च जोखिम
Sarbottam CementSarbottam Cement

काठमाडौ । सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोना भाइरसको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । वीर अस्पतालको छाति रोग विशेषज्ञ डा.अशेष ढुंगानाले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोनाको जोखिम बढी हुने उनले जानकारी दिए । 

“विभिन्न अध्ययनहरुले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको कडा प्रकारको जोखिम हुन्छ,” उनले भने, “सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोना कडा प्रकारको निमोनिया भएर आईसीयू र भेन्टिलेटरसमेत चाहिने हुने देखिने हुन्छ ।”

उनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने कोरोनाको मृत्युदर बढाउने हुन्छ । कोरोनाको संक्रमण भएमा असर सिधै छातीभित्र र फोक्सोमा असर गर्ने उनले जानकारी दिए । 
धुमपान सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण भएमा आईसीयूमै राखेर उपचार गर्नुपर्ने हुन्छ भने मृत्युदर पनि  दुई गुणाले बढाउने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार लकडाउन खुलेको अवस्था छ । यस्तो समयमा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुले नियमित रुपमा प्रयोग गरेका इनेहेलर लगायतका औषधिबीचमै नछोड्ने नियमित प्रयोग गर्न उनले सुझाव दिए ।

नेपालमा बर्सेनि २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको विभिन्‍न अध्ययनहरुले देखाएको छ । जसमा दैनिक ७४ जना व्यक्तिको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको पाइएको छ । 

Global Ime bank

त्यसैगरी, त्रिवि शिक्षण अस्पतालका सहप्रध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम कोरोना भाइरस सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा देखिएमा सामान्य व्यक्तिको तुलनामा  बढी असर गर्ने जानकारी दिए । उनले भने, “यस्ता बिरामीहरुलाई लक्षणसमेत देखिने हुन्छ ।”

कोरोना भाइरसले निमोनिया गराएर मृत्यु हुने उनले जानकारी दिए । उनका अनुसार यदि सामुदायक स्तरमा कोरोना संक्रमण देखिने जोखिम अझै पनि कायमै छ । 

उनले भने,“भारतमा कोरोना भाइरसको संक्रमण बढी रहेको छ । सुर्तीजन्य पदार्थको सेवन छोड्न अत्यन्त जरुरी छ,यदि तपाई सुर्तीजन्य पदार्थको सेवन  गरिसकेका व्यक्ति पनि सर्तकता अपनाउनुपर्छ ।”

नेपालमा मृत्यु भएका कोरोना संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएर नै मृत्यु बढी रहेका उनले जानकारी दिए । उनले भने,“सुर्तीजन्य पदार्थले फोक्सोमा असर गरिरहेको हुन्छ, धुमपान गर्ने व्यक्तिहरुमा श्वासनलीहरु साँघुरिने र रोगप्रतिरोधात्मक शक्तिहरु घटाउने हुन्छ । ”

श्वासप्रश्वासका बिरामीहरुले दूरी अनिवार्य रुपमै कायम गर्ने, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने, स्वस्थ्य र पोसिलो खानेकुरा खाने, नियमित व्यायाम गर्ने, सकेसम्म भिडभाडमा नजाने, भिडभाड क्षेत्रमै जानुपर्ने अवस्था आएमा सामाजिक दूरी कायम गर्ने, सकेसम्म अस्पताल नजाने यदि जानै परेको अवस्थामा पनि सर्तकता अपनाएर मात्र चिकित्सकसँग भेट्ने र औषधी नियमित गर्ने  र मास्क लगाउने, पटक-पटक साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्न उनको सुझाव छ ।  

विश्व स्वास्थ्य संगगठनका अनुसार विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट बर्षेनि ८० लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । जसमा १२ लाख सुर्ती सेवन गर्नेको नजिक बस्ने व्यक्तिको मृत्यु हुने गरेको देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय