site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जिल्ला अस्पताल चौतारामा ४३ वर्षपछि शल्यक्रिया, १ लाख पर्ने शल्यक्रिया ७ हजारमै !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ६ गौरातीकी छलमाया तामाङ् आफ्नो शरिरमा रहेको एपेण्डीक्सको अप्रेशन गर्न ३ पटक धुलिखेल अस्पताल धाईन् । पहिलो र दोस्रो पटक अस्पताल जाँदा उनलाई अप्रेशन गर्न ८० हजार रुपैयाँ लाग्छ भनियो । न्युन आर्थिक अवस्था भएको उनलाई त्यत्रो पैसा जुटाउन गाह्रो प¥यो । पैसा जुटाउन नसकेपछि रोग पालेर अप्रेशन नगराई फर्किईन् । जसोतसो ऋण धन गरेर तेस्रो पटक अप्रेशन गर्न उनि ८० हजार जम्मा गरेर पुनः धुलिखेल अस्पताल पुगिन् तर उनलाई डाक्टरहरुले अप्रेशन गर्न अब १ लाख लाग्छ भन्ने जानकारी दिए र उनि फेरि निरास भएर एपेण्डीक्स् बोकेर घर फर्किईन् ।
३ पटकसम्म धुलिखेल अस्पताल पुगेर पैसाकै कारण अप्रेशन नगराई फर्किएकी छलमायाको अप्रेशन जिल्ला अस्पताल चौतारामै सुलभ शुल्कमा सम्भव भएको छ । जिल्ला अस्पतालले शल्यक्रिया सेवा सुरु गरेपछी उनको अप्रेशन सफल भएको हो । “श्रीमान् सिकर्मी काम गर्नुहुन्छ । परिवारमा अरु आम्दानीको स्रोत थिएन । ३ पटकसम्म धुलिखेल अस्पताल धाएँ तर पैसा नभएर अप्रेशन गर्न सकिएन अहिले आफ्नै जिल्लाको अस्पतालमा सस्तोमा उपचार भयो,” शल्यक्रिया गराएर अस्पतालमा अराम गरिरहेकी छलमायाले भनिन् ।
धुलिखेल अस्पतालमा १ लाख लाग्ने भनिएको उनको एपेण्डिक्स्को शल्यक्रिया जिल्ला अस्पतालमा वरिष्ठ सर्जन डा.सुरेन्द्र शाक्य सहितको टोलीले ७ हजारमै गरेका हुन् । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको र केहि दिनमै उनलाई डिस्चार्ज गरिने डा. शाक्यले बताए ।
स्थापनाको २ दशकपछि जिल्ला अस्पतालले जेठ १२ गते औपचारीक उद्घाटन गर्दै शल्यक्रिया सेवा सुरु गरेको हो । यो सेवा सुरु भएपछी एक सातामै २ जना विरामीको सफल शल्यक्रिया गरीएको छ । सर्जन डां शाक्यले १ प्रसुती र १ एपेण्डीक्सको शल्यक्रिया गरेका हुन् ।
अस्पतालमा प्रसुती, हर्नीया, हाइड्रोसिल, हाडजोर्नी, पाठेघर खस्ने लगाएतका स्त्री तथा प्रसुती रोगको शल्यक्रिया सरकारी मुल्यमा गर्ने अस्पताल स्रोतले बताएको छ । अब छिटै आन्द्रा र पेटको समेत शल्यक्रिया सेवा सुरु गर्ने योजना अस्पतालको छ । अस्पतालमा प्रसुती हुन नसकेकाको लागि भने निशुल्कः शल्यक्रिया गरिनेछ । यस सँगै अस्पतालले ५ प्रतिशत छुट सहित २४ घण्टे फार्मेसीको पनि शुरुवात गरेको छ । 
वि.संं. २०३१ सालमा स्थापना भएको अस्पतालमा यसअघि पनि शल्यक्रिया सेवा सुरु गर्ने  प्रयास गरिएको हो तर सम्भव हुन सकेको थिएन । २०७२ को बिनाशकारी भूकम्पमा आंशिक क्षति भएको अस्पतालको भौतिक निर्माणसँगसँगै अस्पतालले दिने सेवालाई विस्तार गरिएको हो । ‘लामो समयको प्रयासपछी हामीले जिल्लामा शल्यक्रिया सेवा सुरु गरेका छौ । शल्यक्रिया सेवा सुरुभएसँगै यहाँका स्थानीयहरु अब धुलिखेल,काठमाण्डौ लगायतका महङ्गा अस्पतालमा जानुपर्ने समस्याबाट मुक्त हुने विश्वास लिएको छु,’ जिल्ला अस्पताल चौताराका प्रमुख सुरेन्द्र चौरासियाले भने । यसअघि जिल्ला अस्पतालको सेवामा विश्वसनियता नहुने र डाक्टरहरुले विरामीलाई दिने सेवा र गर्ने व्यवहार प्रभावकारी नभएको गुनासो स्थानियले गर्दै आएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  ०२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय