site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ४८१ आइसोलेन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । सरकारले उपत्यकामा कोरोना भाइरसका जटिल बिरामीको उपचारका लागि २९ अस्पतालमा ४५९ वटा आईसीयू बेड र २१२  भेन्टिलेटर बेड तयारी अवस्थामा राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले उपत्यका २९ अस्पतालले ४५९ वटा आईसीयू बेड र २१२ वटा भेन्टिलेटर बेड छुट्याएका जानकारी दिए । कोरोना भाइरस संक्रमितको उपचारका लागि २ हजार आईसीयू बेड र करिब ९ सय भेन्टिलेटर छुट्याएको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा कोरोना भाइरस संक्रमितको उपचार लागि उपत्यकामा तीनवटा विशेष अस्पताल छन् भने दुईवटा हब अस्पताल र २४ वटा निजी अस्पताललाई तोकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना विशेष अस्पतालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) र पाटन अस्पताल हुन् । मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार टेकुमा सातवटा भेन्टिलेटरसहित २० बेडको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा २० बेड क्षमताको आईसीयू छ भने पाटन अस्पतालमा १५ भेन्टिलेटरसहित २१ बेडको आईसीयू रहेका छन् । 

संक्रमण बढेसँगै विशेष आइसोलेन, आईसीयू र भेन्टिलेटर लगायतका पूर्वाधार बढाउन सातै प्रदेशमा गरी ३८ करोड बजेट पठाइएको विनियोजन गरेको मन्त्रालयले जनाएको छ । उपत्यकाका निजी अस्पताललाई समेत भेन्टिलेटरसहितको आईसीयू बेड तयारी अवस्थामा राखेका छन् । कोरोना व्यवस्थापनका लागि अस्पतालले ज्वरो क्लिनिकदेखि आईसीयूसम्म छुट्याएको छ ।

Global Ime bank

उपत्यका कुन अस्पतालमा  कोरोनाका बिरामीका लागि कुन अस्पतालमा कति आइसोलेन बेड ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि उपत्यकामा २९ वटा अस्पतालमा ४८१ वटा आइसोलेन बेड छुट्याएका छन् ।

मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार काठमाडौ उपत्यका २६ अस्पताल तोकेको छ । जसमा नर्भिक अस्पतालले १५ वटा, अल्कामा ५, सुमेरुले ५ बेड, ह्याम्स अस्पतालले ३० बेड, स्टार अस्पतालले २ बेड, बयोधा अस्पतालले ५, गणेशमान अस्पताल ५, ग्रान्डी अस्पतालले १९ बेड छुट्याएका छन् ।

त्यसैगरी, डाक्टर उपेन्द्र देवकोटा अस्पताललले १२, मेडिसिटीले १५ बेड, त्रिवि शिक्षण अस्पतालले ८, वीर अस्पतालले १५, भक्तपुरले १०, सिभिल अस्पतालले २, पाटन अस्पतालले ६, वीरेन्द्र सैनिक अस्पतालले १० बेड, नेपाल मेडिकल अस्पतालले १०, काठमाडौं मेडिकल कलेजले ५० बेड छुट्याएको छ ।

किस्ट मेडिकल कलेजले १० बेड, शुक्रराज ट्रपिल तथा सरुवा रोग अस्पतालले ५० बेड, बलम्बुको सशस्त्र प्रहरीको  कोरोना विशेष अस्पतालले १२० बेड, आयुर्वेद्ध रिसर्च एन्ड ट्रेनिङ अस्पतालले २४ बेड, काठमाडौ मेडिकल कलेज दुवाकोटले २४ बेड छुट्याएका मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले नेपालमा कोरोना संक्रमण  लक्षणबिहीन बढी रहेको बताए । 

उनले कोरोना संक्रमणले मुख्य गरी बिरामीलाई श्वासप्रश्वासमा समस्या देखिएर निमोनिया गराउँने जानकारी दिए । 

उनले भने, “श्वासप्रश्वासमा समस्या आएरमा कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटरको आवश्यकता पर्छ भने बिरामीको मुटुको चाल हेर्न र गम्भीर अवस्थामा पुग्नुको कारण पत्ता लगाउन आईसीयूमा राखेर मोनिटरिङ गर्ने गरिन्छ ।”

क्याप्‍सन :
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षणका लागि आएका सर्वसाधारण तथा स्वास्थ्यकर्मी । फाइल तस्बिर : बाह्रखरी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय