site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा १८६ कोरोना संक्रमित आइसोलेनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच अस्पतालमा १८६ जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमितहरू पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुवाकोटको केएमसी अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत रहेको पाइएको हो ।

पाँच अस्पतालमा कति जना कोरोना संक्रमित ?

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको देखिन्छ । त्रिवि शिक्षण अस्पतालमा ११ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालको कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यही अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका चार जना उपचाररत छन् भने अन्य सात जना विभिन्न अस्पतालबाट रिफर भएर आएको उनले जानकारी दिए ।

उनका अनुसार मुटुको समस्या देखिएका ३ जना, अर्थोपेडिक (खुट्टा भाँचिए आएका) एक जना र न्युरोलगायतका बिरामीमा कोरोना पोजेटिभ देखिएको हो । उनले भने, “एक जना कोरोना संक्रमण देखिएका बिरामीमा मुटुमा समस्या देखिएपछि आईसीयूमा राखिएको छ ।”

Global Ime bank

उनका अनुसार कोरोनाकै लागि आईसीयूमा १० वटा बेड छुट्याइएको छ, जसमा पाँचवटा कोरोना पोजेटिभ र पाँचवटा शंकास्पद बिरामी राखिन्छ । आइसोलेनमा २६ बेड छ्ट्याएको छ, जसमा १३ वटा कोरोना पोजेटिभ, १३ वटा आशंका बिरामी राख्न छुट्याएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल कोरोना संक्रमण देखिएर आइसोलेनमा ३५ जनामा उपचाररत रहेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले जानकारी दिए ।

“अस्पतालमा कोरोना संक्रमण देखिएका २७ जना आइसोलेसनमा उपचाररत रहेका छन्,” उनले भने, “आठ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।”
आईसीयू बेडमा उपचाररत कोरोना संक्रमितमा रक्तचाप, मधुमेहको समस्या रहेको समेत उनले जानकारी दिए । अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ५० बेड छुट्याएको बताइएको छ । 

यसैगरी, बलम्बुको सशस्त्र प्रहरीको कोभिड अस्पतालमा कोरोना संक्रमित ७६ जना उपचाररत रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालका अनुसार अस्पतालमा कोरोना संक्रमित ७६ जना उपचाररत रहेका जानकारी दिए  । उनले भने, “कोरोना पोजेटिभ देखिएका ७६ जना र ९ जना कोरोनाको आशंका गरेका बिरामी उपचाररत रहेका छन् ।”

अस्पतालले कोरोनाको उपचारका लागि १२० शय्याको बेड छुट्याएको समेत उनले जानकारी दिए । 

पाटन अस्पतालमा कोरोना संक्रमण देखिएर ४६ जना उपचाररत रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार कोरोना संक्रमित ४६ जना उपचाररत रहेका छन् । ४६ जना कोरोना संक्रमितमा सात जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोनाको आशंकामा हाल अस्पतालको आइसोलेनमा ८९ जना उपचाररत छन् ।

दुवाकोटको केएमसी अस्पतालको आइसोलेनमा कोरोना संक्रमण देखिएर १८ जना उपचाररत रहेको इपिडिमियोलोजी तथा रोग नियणन्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा  पछिल्लो ३  दिनमा ८४ संक्रमित थपिए 

पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८४ जना कोरोना संक्रमित थपिएका छन् । गत असार २० गतेसम्म काठमाडौं उपत्यकामा १५५ जना कोरोना संक्रमित देखिएका थिए । तर, पछिल्लो तीन दिनमा ८४ जना कोरोना संक्रमित थपिएर २३९ जना कोरोना संक्रमित पुगेको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. वासुदेव पाण्डेले बताए । उनका अनुसार काठमाडौंमा १६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २३९ जना संक्रमित भेटिएको जानकारी दिए । 

२१ देखि ३० वर्षका बढी संक्रमित

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका बढी रहेको देखिन्छ । काठमाडौं उपत्यकामा पनि २१ देखि ३० उमेर समूहकै व्यक्तिमा कोरोना संक्रमित बढी रहेको मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ । सोमबार अपराह्नन चार बजेसम्म संक्रमित १५ हजार ९६४ संक्रमितमध्ये ५ हजार ९४३ जना २१ देखि ३० वर्ष उमेर समूहका छन् । काठमाडौं उपत्यकामा पनि यही उमेर समूहका संक्रमित बढी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय