देश
2.jpg)
काठमाडौं । नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका पाइलट तथा क्रू मेम्बरलाई होटल क्वारेन्टिनमा राखिएको निगम स्रोतको भनाइ छ ।
विदेशका विभिन्न स्थानमा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याउन चार्टर्ड उडानमा खटिएका पाइलट र क्रू मेम्बरलाई कोरोना देखिएको निगम स्रोतले जानकारी दियो ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७ १४:५५
प्रतिक्रिया दिनुहोस्