site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वाब कम भएर परीक्षण घटेको मन्त्रालयको दाबी, प्रदेश भन्छन् - स्वाब संकलन घटेकै छैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नमुना संकलन कम हुँदा कोरोनाको पीसीआर परीक्षण घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  कोरोना भाइरसको आशंकामा नमुना संकलन कम हुँदा र विदेशबाट आएका व्यक्तिहरू क्वारेन्टिनमा घट्दा  पीसीआर परीक्षण घटेको बताउँछन् । उनले भने, “कति प्रयोगशालाहरू त नमुना संकलन कम हुँदा कामैबिना बसेका छन् ।”

उता, प्रदेश प्रयोगशालामा पीसीआर परीक्षणका लागि धेरै नमुना होल्ड भएको जनाइएको छ । 

प्रदेश १ मा २ सय स्वाब परीक्षण गर्न बाँकी

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश १ मा कोरोना भाइरसको पीसीआर परीक्षण गर्न २ सयसम्म स्वाब होल्ड भएको जनाइएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तगर्तको प्रदेश प्रयोगशाला निर्देशक डा. देवेन्द्र यादवका अनुसार यस प्रदेशमा ३ वटा प्रयोगशालाबाट नमुना परीक्षण गरिँदै आएको छ ।

उनले कोरोना परीक्षण दैनिक बढीमा ५ सयदेखि ७ सयसम्म हुने गरेको बताए । उनले भने, “होल्ड १ सयदेखि २ सयसम्म हुने गरेको छ ।” प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, कोसी अस्पतालको प्रयोगशाला र बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट नमुना परीक्षण भइरहेको छ ।

Global Ime bank

प्रदेश २ मा ३ हजार ३०१ नमुना परीक्षण गर्न बाँकी

प्रदेश २ मा कोरोना भाइरसका आंशमा लिएका ३ हजार ३०१ जनाको नमुना परीक्षणको पालो कुरेर बसेको छ । आइतबार दिउँसो साढे तीन बजेसम्म प्रदेश २ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विवरणमा ३ हजार ३०१ जनाको नमुना परीक्षण गर्न बाँकी देखिन्छ ।

प्रदेश २ मा तीनवटा प्रयोगशालाबाट नमुना परीक्षण हुँदै आएको छ । जसमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गजेन्द्रनारायण सिँह अस्पतालको प्रयोगशाला, नारायणी अस्पतालको प्रयोगशाला रहेका छन् ।

बाग्मती प्रदेशमा ४१२ नमुना परीक्षण गर्न बाँकी 

बाग्मती प्रदेशमा कोरोना भाइरसको आशंकामा पीसीआर परीक्षणका लागि ४१२ नमुना पालो कुरेर बसेको देखिन्छ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंका अनुसार बाग्मती प्रदेशमा सातवटा प्रयोगशालाबाट दैनिक १५० सम्म नमुना परीक्षण हुने गरेको जानकारी दिए । उनले भने, “अझै परीक्षणको पालोमा ४१२ वटा नमुना रहेका छन् ।”

बाग्मती प्रदेशमा मात्र सातवटा प्रयोगशाला वीर अस्पतालको प्रयोगशाला, त्रिवि शिक्षण अस्पतालको प्रयोगशाला, पाटन अस्पतालको प्रयोगशाला, किटजन्य रोग अध्ययन केन्द्र, भरतपुर अस्पतालको प्रयोगशाला, धुलिखेल अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ता पछिल्लो केही दिन यता नमुना नहुँदा धेरै प्रयोगशालाहरू परीक्षण नगरी बसेको दाबी गर्छन् । उनले भने, “आज परीक्षण गर्ने नमुना थिएन, तर सुदूरपश्चिम प्रदेशबाट १६ सय नमुना आएका छन् ।”

प्रदेश ५ मा ४ हजार नमुना परीक्षणको पालोमा

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका निर्देशनालय प्रमुख डा. उमाशंकर प्रसाद चौधरीका अनुसार प्रदेश ५ मा चार प्रयोगशालाबाट नमुना परीक्षण भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देही, भेरी अस्पतालको प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको  प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको उनले जानकारी दिए । उनले हाल चार हजार नमुना परीक्षणको तयारीमा रहको बताए ।

उनले भने, “नियमित नमुना संकलन भइरहेको छ, हामीले आज थपिएको नमुनालाई फ्रिजमा राख्दै, पुरानो परीक्षण गर्दै आएका छौं ।” दैनिक चारवटा पीसीआर मेसिनबाट आठ सयदेखि एक हजारसम्म नमुना परीक्षण हुने गरेको उनले जानकारी दिए । 

भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पीसीआर परीक्षणका लागि १२ सय नमुना होल्ड रहेको पाइएको छ । दैनिक २ सयसम्म पीसीआर परीक्षण हुने गरेको जानकारी प्रयोगशालाले दिएको छ ।

गण्डकी प्रदेशमा ३४५ नमुना परीक्षण बाँकी 

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा ३४५ जनाको पीसीआर परीक्षण गर्न बाँकी रहेको पाइएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा ३४५ जनाको पीसीआर परीक्षण गर्न बाँकी रहेको देखिन्छ ।

कर्णाली प्रदेशमा २९९ नमुना परीक्षण गर्न बाँकी

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका कामु सचिव धर्मजित शाहीले २९९ वटा नमुना परीक्षण गर्न बाँकी रहेको बताए । उनले भने, “२९९ जना मात्र आइसोलेनमा रहेका छन्, उनीहरूको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । ”

उनका अनुसार दैलेख अस्पतालको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको छ, तर, सुर्खेत अस्पतालको प्रयोगशालाको पीसीआर मेसिन बिग्रेर थन्किएको छ । 

सुदूपश्चिम प्रदेशमा २ हजार ५९४ नमुना परीक्षणका तयारीमा

सुदूरपश्चिम प्रदेशमा प्रयोगशालामा बढी कोरोना परीक्षण गर्न (स्वाब) नमुना आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि २ हजार ३०२ नमुना पठाइएको जानकारी दिए । उनले २ हजार ५९४ नमुना परीक्षणका तयारीमा रहेको बताए । 

उनले भने, “सुदूरपश्चिम प्रदेशमा रहेका प्रयोगशालाहरूले सबै नमुना परीक्षण गर्न नसक्ने भएपछि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।”

सुदूरपश्चिम प्रदेशमा दुईवटा प्रयोगशाला रहेका छन् । जसमा सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेलधुरा अस्पतालको प्रयोगशालाबाट कोरोनाको आशंकामा पीसीआर परीक्षण हुने गरेको छ । २२ हजार १४७ जनाको पीसीआर परीक्षण भएको समेत उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय