site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाहाल, नेपाल, खनाल र गौतमले मागे प्रधानमन्त्रीसँग जवाफ 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदिनअघि दिएको अभिव्यक्तिका सम्बन्धमा प्रष्ट पार्न सदस्यहरुले माग गरेका छन् । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर तयार पारेको नक्सा प्रकरणपछि आफ्नो सरकार ढाल्न प्रयास गरिएको भन्दै घुमाउरो पारामा भारतलाई दोष दिएका थिए ।

आजको बैठकमा आफ्ना धारणा राख्दै अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमले सरकार ढाल्न दूतावास सक्रिय भएको भन्ने अभिव्यक्ति गम्भीर भएकाले तत्कालै स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । अहिलेसम्म चारजना नेताहरुले धारणा राखेका थिए ।

स्थायी कमिटीका एक सदस्यले दिएको जानकारीअनुसार प्रचण्ड, खनाल, नेपाल र गौतमले दूतावासले सरकार ढाल्न लागेको भन्ने भनाइ स्पष्ट पार्न माग गरेका छन् । उनीहरुले सरकारका कामहरुको खुलेरै आलोचना गरेको एक सदस्यले जानकारी गराए । बैठकमा शीर्ष नेताहरुले प्रधानमन्त्रीको प्रष्टीकरण मागेपछि केहीबेर जवाफ दिएर प्रधानमन्त्री बाहिरिएका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro