site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आजदेखि होला त १० हजार पीसीआर परीक्षण ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना भाइरसको पीसीआर परीक्षण खुम्चिँदै गएको देखिन्छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक साताअघि पत्रकारसँगको अन्तरक्रियामा असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने बताएका थिए । 

असार १० गते छ हजार ८२८,असार ११ गते छ हजार ५४३, असार १२ गते पिसिआर छ हजार ५३४, असार १३ गते पीसीआर ४ हजार ६०६, असार १४ गते ४ हजार ९६२ नमुनाको पीसीआर परीक्षण गरिएको  छ । 

हालसम्म सबैभन्दा बढी असार ६ गते एक दिन मात्र सात हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसयता पीसीआर परीक्षण ६ हजारमाथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकले पनि देखाउँछ । तर यही तथ्यांकलाई आधार मान्दा असार १५ गते (भोलि) देखि १० हजार पीसीआर परीक्षण गर्ने स्थिति देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै विषयमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमलाई जिज्ञासा राख्दा नमुना संकलन नै कम भएको र क्वारेन्टाइनमा मानिसहरु नै कम भएकाले १५ गतेदेखि १० हजार पीसीआर परीक्षण गर्नुपर्ने आवश्यता नरहेको बताए । उनले बाह्रखरीसँग भने, “नमुना कम हुँदा सञ्चालनमा आएका प्रयोगशालाले कामै पाएका छैनन् ।”

थप गरिएका १० प्रयोगशाला सञ्‍चालन आउँदासम्म दैनिक ७ देखि ८ हजार पीसीआर परीक्षण हुन्छ, अन्य प्रयोगशाला आवश्यक नपर्ने  समेत उनले जानकारी दिए । 

Global Ime bank

उनले भने, “निजि अस्पताललाई एउटा नमुना परीक्षण गरेबापत पाँच हजार ५ सय दिने भनिएको छ तर निजि अस्पतालहरुले खासै चाँसो देखाएनन् ।”  उनले पहिला क्वारेन्टाइनमा विभिन्न देशबाट आएका दुई लाख थिए तर अहिले घटेर ६० हजार मात्र रहेका बताए । 

अन्य मुलुकबाट अहिले नेपाली दैनिक १५ सय आएका छन् । विमानबाट आएका नेपालीहरुको अधिकांशले विदेशमै परीक्षण गरेर आएका हुन्छन् भने भारतबाट आएकाहरु पाँच सय मात्र रहेका छन् । जसका कारण स्वाब संकलन घटेको उनले बाह्रखरीलाई जानकारी दिए । 

मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र सैनिक अस्पतालमा प्रयोगशाला स्थापना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । तर हालसम्म ति प्रयोगशालाहरु सञ्चालनमा आएका छैनन् ।

मन्त्रालयले गत जेठ २० गते कोभिड-१९ टेस्टिङ् नयाँ गाइडलाइन बनाएको थियो । उक्त गाइडलाइनमा मानिसलाई ज्वरो, श्वासप्रसवासमा समस्या, दिर्घरोगीहरु र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको छ भने पीसीआर परीक्षण गरिने उल्लेख छ ।  लक्षण नदेखिएका मानिसहरु १४ दिन आइसोलेसनमा बसे भने उनीहरुको परीक्षण गर्नु नपर्ने गाइडलाइनमा उल्लेख छ । सोही गाइडलाइनमा क्वारेन्टाइनमा रहेका कोभिड -१९ संक्रमितमा कुनै लक्षण छैन भने त्यतिकै घर पठाउन मिल्ने तर, हाललाई यस्ता केसहरुलाई आरडीटी गर्ने भनिएको छ । 

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पीसीआरको दर बढाउनुभन्दा पनि आरडीटीको परीक्षण दर बढाउन लागेको मन्त्रालय स्रोत बताउँछ । स्रोत भन्छ,“क्वारेन्टाइनमा रहेकाहरुलाई पनि आरडीटी गर्दै घर पठाउने सकेसम्म पीसीआर कम गर्ने सोचमा मन्त्रालय रहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय