site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२२ मध्ये १६ जनाको मृत्यपछि मात्रै कोरोना पुष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २२ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्मको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको जानकारी दिए । 

कोरोना संक्रमणबाट मृत्यु हुने २२ जनामध्ये १६ जनाको मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । उनीहरुको ६ जनाको मात्रै कोरोना संक्रमण भएको थाहा पाइसकेपछि उपचारका क्रममा मृत्यु भएको छ । 

अन्य मुलुककमा कोरोना संक्रमण पत्ता लागिसकेपछि उपचारका क्रममा मृत्यु हुनेको संख्या धेरै छ भने नेपालमा भने मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि हुने संख्या अधिक देखिएको हो । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये ७२ प्रतिशतभन्दा धेरैले मृत्युपछि कोरोना पुष्टि गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाबाट कहिले-कति जनाको मृत्यु भयो ?

गत जेठ १  गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी थिइन् । उनी नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने पहिला व्यक्ति थिइन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको  कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको घोषणा जेठ ३ गते गरेको थियो ।

Global Ime bank

ती महिला काठमाडौंको टोखा ९ बाट वैशाख २३ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डेलिभरी हुन भर्ना भएकी थिइन् । उनले वैशाख २४ गते  शिशुलाई जन्म दिएकी थिइन् । उनलाई वैशाख २५ गते अस्पतालले डिर्स्चार्ज गरेको थियो । तर डिस्चार्ज भएर घर गएपछि उनलाई ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानिय अस्पतालमा गएकी थिइन् । तर त्यहाँ उनलाई कोरोना भाइरसको आशंकामा धुलिखेल अस्पताल पठाएको थियो । अस्पतालमा ल्याउँदै गर्दा जेठ १ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएको थियो । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो । ४ गते बिहान ६ बजेर ४० मा मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । वैशाख ३० गते ती पुरुष भारतबाट आएका थिए । 

उनी नरैनापुर गाउँपालिका ५ स्थित भोज भगवानपुरस्थित क्वारेन्टाइनमा बसेका थिए । तर ती पुरुषको स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । कोरोना परीक्षणको रिर्पोट आउनुभन्दा अघि नै ती पुरुषको ज्यान गएको थियो । तर  जेठ ४ गतेकै दिन दिउँसो स्वास्थ्य मन्त्रालयले उनको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको थियो ।

गुल्मी मदाने गाउँपालिका धुर्कोटका ४१ वर्षका पुरुषको जेठ ८ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ती व्यक्तिलाई ज्वरो र जन्डिसको समस्या देखिएपछि जेठ १ गते रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालको भेन्टीलेटरमा भर्ना भएका थिए ।
 
जेठ २ गते भैरहवा अस्पतालका प्रयोगशालामा  कोरोना परीक्षणका लागि स्वाब परीक्षणका अस्पताल पठाएको थियो । तर  नमुना परीक्षणको रिर्पोट जेठ ५ गते कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको थियो  । उनको जेठ ८ गते अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । ती पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने तेस्रो व्यक्ति थिए ।

जेष्ठ ४ गते बारा कलैया ७ का ७० वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो  । जेठ ३ गते  नारायणी अस्पतालको टोलीले  स्वाब संकलन गरे नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरेको थियो । तर त्यहाँ कोरोना पोजेटिभ देखिएपछि थप परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । तर जेष्ठ १२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।  ती ७० वर्षका जेष्ठ नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने चौथो व्यक्ति हुन् ।

त्यस्तै, ललितपुर महानगपालिका बुङ्‌मती - २२ का ५६ वर्षका पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ति पुरुषको जेष्ठ १४ गते ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

उनी कलेजोसम्बन्धी समस्या देखिएर जेठ ११ गते अस्पताल भर्ना भएका थिए । जेठ १२ गते आइसीयूमा सारिएको थियो । सोही दिन नमुना संकलन परीक्षणका लागि पठाएको थियो । 
उनलाई कोरोना पोजेटिभको रिर्पोट जेठ १४ गते आएको थियो । तर मन्त्रालयले १५ गते ती पुरुषमा कोरोना संक्रमण देखिएको मृत्यु भएको पुष्टि गरेको थियो । उनी कोरोना भाइरसबाट मृत्यु हुने पाँचौं व्यक्ति हुन् ।

अर्घाखाँची भुमिकास्थान नगरपालिकाका ३५ वर्षको पुरुषको जेष्ठ १० गते मृत्यु भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको जेठ १६ गते जानकारी दिएको थियो । भारतबाट आउने क्रममा उनको सीमामा मृत्यु भएको  थियो । उनको स्वाब  जेठ ११ गते संकलन गरेर रुपन्देहीको प्रयोगशालामा परिक्षण गरिएको थियो । 
उनको कोरोना परीक्षणको रिर्पोटमा पोजेटिभ देखिएको थियो । उनी  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने छैटौं व्यक्ति हुन् ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका ७ का ३५ वर्षका पुरुषको जेठ १७ गते ज्यान गयो । उनी भारतबाट आएर स्थानीय विधुत प्राधिकरणको क्वारेनटिनमा बसेका थिए । उनको क्वारेन्टिनमै मृत्यु भएको हो । ती पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ १८ गते अथार्त मृत्यु भएको दोस्रो दिन मात्र जानकारी दिएको थियो । उनी कोरोनाबाट ज्यान सातौ व्यक्ति थिए ।

बाजुराकी दुई वर्षकी बालिकाले कोरोना भाइरस (कोभिड १९)बाट ज्यान गुमाइन् । जेष्ठ १० गते  भारतबाट बुबा आमासँग नेपाल आएकी थिइन् । उनी स्थानीय क्वारेनटिनमा बसेकी थिइन् । ति बालिकालाई क्वारेन्टिनमा रहँदा ज्वरो स्वासप्रश्वासमा समस्या र झाडापखाला देखिएको थियो ।  

जेष्ठ १५ गते बाजुरा अस्पताल भर्ना गरिएको थियो । १६ गते स्वाब सेती प्रादेशिक अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । जेष्ठ १८ गते बिहान ति बालिकाको उपचारको क्रममा गएको थियो । उनको कोरोना परीक्षणको रिर्पोट पनि पोजेटिभ आएको जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ती बालिका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने आठौं केस थिइन् ।

दोलखाका ७६ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । जेष्ठ १३ गते सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा मतिष्कघात भएर अस्पताल भर्ना भएका थिए । 
उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उनको मतिष्कघातको शल्यक्रिया गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ्) मा रिफर गरिएको थियो । सोही अस्पतालको आइसियुमा उपचारकै क्रममा जेठ २१ गते ज्यान गएको थियो ।

जेठ २० गते पाल्पाका ४५ वर्षका पुरुषको मृत्यु भएको थियो । पाल्पाको पूर्वखोला गाउँपालिका मिसन अस्पतालमा उपचाररत उनी मृत्यु भएको थियो । भारतबाट गत जेठ १५ गते आएका थिए । उनी स्थानीय क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहँदा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उनी जेठ १८ गते पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए । 

अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नै भएको जेष्ठ २२ गते मन्त्रालयले जानकारी दिएको थियो ।  उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १० औँ व्यक्ति थिए ।

सुर्खेतका पञ्‍चपुरीका १८ वर्षका पुरुषको जेठ २२ गते मृत्यु भएको थियो ।  जेठ ८ गते भारतबाट नेपाल आएका थिए । उनी १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनलाई क्वारेन्टिनमा बस्दा कुनै संक्रमणको लक्षण  देखिएको थिएन ।  घर जानुभन्दा अघि उनको क्वारेन्टिनमा स्वास्थ्यकर्मीहरुले आरडीटी परीक्षण गरेका थिए । तर त्यसमा नेगेटिभ देखिएको थियो । 

उनी घर गएका थिए । तर उनको सोही दिनै मृत्यु भएको थियो । तर मृत्युपश्चात आएको परीक्षणको रिर्पोटमा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो  ।उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ११ औं व्यक्ति थिए ।

त्यसैगरी, डोल्पाका ५८ वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । जेठ २१ गते विहानको २ वजे क्वरोन्टिनमै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । १८ गते क्वारेन्टिननमा रहेका थिए । उनी दम रोगका बिरामी थिए । उनको कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । 

उनको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २४ गते मात्र जानकारी दिएको थियो । ती पुरुष कोरोनबाट ज्यान गुमाउने १२ औँ व्यक्ति थिए ।

त्यसैगरी, धनगढी ४ का ५५ वर्षकी महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जेठ २३ गते सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलासिस गदैगर्दा ति महिलाको मृत्यु भएको थियो । मृत्यु पश्चात ती व्यक्तिको स्वाब झिकेर परीक्षण गरिएको थियो । जसमा कोरोना पुष्टि भएको थियो । यो केस सँगै मृत्यु हुनेको संख्या १३ पुगेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ३ का वर्ष ५८ का पुरुषको पनि कोरोना भाइरसकोस संक्रमणबाट मृत्यु भएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जेठ २६ गते ती पुरुषमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका थिए । उनी कोरोना भाइरसबाट मृत्यु हुने १४ औं व्यक्ति थिए । 

चितवन भरतपुर ११ का ६८ वर्षको पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषमा जेठ २६ गते कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि भरतपुर अस्पतालको आईसीयूमा उपचाररत थिए । उनको उपचारकै क्रममा जेठ २७ गते बिहान मृत्यु भएको थियो । ती पुरुष कोरोना भाइरसको संक्रमणबट ज्यान गुमाउने १५ औँ व्यक्ति थिए ।

अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको  थियो । उनी भारतको महाराष्ट्रबाट गत जेठ १८ गते नेपाल आएका थिए । उनी नेपाल आएर अर्घाखाँची मालारानी ४ का सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लगिएको थियो । 

उपचारपश्चात फर्किने क्रममा बाटोमा नै मृत्यु भएको थियो । उनको  मृत्युपछि स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालमा पठाइएको थियो भने जेठ २९ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । मन्त्रालयले ती पुरुषको कोरोना संक्रमण देखिएको जेष्ठ ३० गते पुष्ति गरेको थियो ।

 उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १६औं व्यक्ति थिए ।

जेठ २८ गते वीगञ्जको घन्टाघरमा भेटिएको बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । करिब २५ वर्षका पुरुषको बेवारिसे शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको थियो भने स्वाब संकलन गरेर नारायणी कै प्रयोगशालामा परीक्षण गरिएको थियो । जेठ ३० गते आएको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ ३१ गते कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।  

त्यसैगरी, जेष्ठ ३० गते वीरगञ्‍ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का ५ वर्षका बालकको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालको आइसोलेनमा राखेर  उपचार गरिएको थियो । 

सुरुमा अस्पताले गरेको आरडीटी परीक्षणमा ती बालक पोजेटिभ देखिएको थियो पुन पिसिआर गर्न स्वाब लिएको थियो । तर ति बालकको जेष्ठ जेष्ठ ३० गते नै मृत्यु भएको थियो तर ती पुरुषको कोरोना परीक्षणको पीसीआर रिर्पोट मृत्युपछि मात्र आएको जेठ ३१ गतेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका  थिए । ती बालक कोरोनाबाट ज्यान गुमाउने १८ केस थिए ।

गुल्मी धुर्कोट गाउँपालिकाका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुष भारतबाट आएका थिए । जेठ १२ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी रेसुंगा नगरपालिकाको आइसोलेनमा रहेका थिए । ती पुरुषको जेष्ठ ३१ गते आइसोलेनमै उपचारका क्रममा मृत्यु भएको थियो । 

ती पुरुष क्यान्सरका विरामी समेत रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका थिए । ति पुरुषको कोरोना भाइरसबाट ज्यान गएको जानकारी मन्त्रालयले जेठ ३२ गते जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गमाउँने १९ औा व्यक्ति हुन् ।

बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । ती महिला मिर्गौलाको समस्या आएपछि नेपालगन्ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी थिइन् । उनको अस्पतालमा उपचारका क्रममा असार १ गते साँझ नै मृत्यु भएको थियो ।  

सोही दिन उनको वाब संकलन गरी कोरोना परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालामा नमुना पठाइएको थियो तर उनको कोरोना परीक्षणको रिर्पोट  असार २ गते मात्र आएको थियो जसमा कोरोना संक्रमण भएको पाइएको थियो  । उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको मन्त्रालयले असार ३ गते मात्र जानकारी दिए । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने २० औँ व्यक्ति थिइन् ।

गोदावरी नगरपालिका४ का ४६ वर्षीय पुरुष कोरोना भाइरसको संक्रमणबा ज्यान गएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण ३१ गते कोरोना पुष्टि भएको थियो । कोरोना भाइरसको  संक्रमण देखिएर सेती अस्पतालमा उपचारकै क्रममा ती पुरुषको असार ३ गते साँझ मृत्यु भएको थियो । तर, ती कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज)  असार ४ गते जानकारी दिएको हो ।

लम्कीचुहा नगरपालिका-२की ४३ वर्षीया महिला रहेको समेत कोरोना भाइरसको संक्रमणबाट  मृत्यु भएको छ । ती महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । तर उपचारकै क्रममा असार २ गते ज्यान गएको थियो । 

उनको कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ आएको  थियो  तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले असार ४ गते (आज) कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् । 

उनले भने, “पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउँनेको संख्या २२ पुगेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय