site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘स्टेरोइड डेक्सामेथासोन आफूखुसी प्रयोग गर्नुहुँदैन’
Sarbottam CementSarbottam Cement

काठमाडौ । कोरोना भाइरसका सिकिस्त बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायतका विज्ञहरूले दाबी गरेका ‘स्टेरोइड डेक्सामेथासोन’ औषधि नेपालमा भेन्टिलेटर र आईसीयूमा राख्ने बिरामीमा प्रयोग गरिँदै आएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका फिजिसियन डा. नीरज बमले ‘स्टेरोइड डेक्सामेथासोन’ औषधि गम्भीर समस्या भएर आईसीयू र भेन्टिलेटरमा राखिएका निमोनियाँका बिरामीलाई प्रयोग हुँदै आएको बताए ।  मेडिकल साइन्सको जन्म भएसँगै ‘स्टेरोइड डेक्सामेथासोन’ को पनि प्रयोग हुँदै आएको उनले जानकारी दिए । उनले यो औषधि खाने औषधि र आईभी पनि दिने गरेकोे बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसगैरी, वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानाले स्टेरोइड डेक्सामेथासोन भेन्टिलेटर, अक्सिजन र आईसीयू चाहिने बिरामीलाई प्रयोग गर्न सकिने जानकारी दिए ।  उनले भने, “कोरोना संक्रमण भएर निमोनियाँ तथा श्वासप्रश्वासमा समस्या देखिएर जटिल समस्या भएका, अक्सिजन र भेन्टिलेटर चाहिने बिरामीलाई यो औषधि दिन सकिन्छ ।”

लक्षणविहीन कोरोना संक्रमितलाई यो औषधि दिनुहुँदैन, यो दिएमा संक्रमण झन् बढ्ने र जटिलता निम्तने जोखिम बढी हुने उनले जानकारी दिए । “स्टेरोइड डेक्सामेथासोन औषधि नयाँ होइन,” उनले भने, “यो औषधि फार्मेसीमा सजिलै पाइन्छ तर आफूखसी किनेर खानु हुँदैन ।”

Global Ime bank

यसको गलत प्रयोग भए मधुमेह, तौल, रक्तचाप बढ्ने र अन्य विभिन्न समस्या आउने उनले जानकारी दिए । चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि दिइन्छ तर घरमै रहेका बिरामीलाई यो औषधि सेवन गर्न दिन नहुने उनको भनाइ छ ।

उनका अनुसार यो औषधिले भाइरस मार्दैन तर कोरोना संक्रमण भएर सिकिस्त भएका, भेन्टिलेटर वा अक्सिजन दिएर राखिएका बिरामीलाई सानो डोजका रूपमा यो औषधि दिए ज्यान जोगाउन सकिन्छ । नेपालमा कोेरोना संक्रमण देखिएर जटिल अवस्था भएर आईसीयू, भेन्टिलेटरमा राख्नुपर्ने बिरामी थोरै रहेको र थोरैमा परीक्षण गरी यो औषधिले कतिको काम गर्छ भने थाहा नहुने उनले बताए ।  उनले भने, “कोरोना संक्रमणबाट बच्ने उत्तम उपाय भनेको राम्रोसँग २० सेकेन्डसम्म साबुन पानीले हात धुने, दूरी कायम गर्ने, मास्क लगाउने र भिडमा नजाने नै हो ।”

वीर अस्पतालका मेडिकल अफिसर डा. शंकर ठाकुरका अनुसार यो औषधि श्वास लिन समस्या भए वा फोक्सोका श्वास नलीहरू सुन्निएको अवस्थामा प्रयोग गरिन्छ । कोरोनाका बिरामीहरू जो भेन्टिलेटर र आईसीयूमा छन्, उनीहरूको ज्यान यो औषधिबाट जोगाउन सकिने उनले बताए । उनले यो औषधि ४ एमजी र ८ एमजीको भायलमा रहेका पनि जानकारी दिए । चिकित्सकहरूका अनुसार यो औषधि नेपालमा निमोनियाँ, दम र हातखुट्टा सुनिएर जटिल समस्या देखिएका बिरामीहरूलाई प्रयोग हुँदै आएको छ ।
प्रतिकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय