site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक विमानस्थल खोल्ने तयारी, कस्ता व्यक्तिले यात्रा गर्न पाउँदैनन् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । लकडाउनलाई विस्तारै खुकुलो बनाउने तयारी गरेको सरकारले आन्तरिक विमानस्थल सञ्चालनको पनि तयारी गरेको छ । आन्तरिक विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका नै जारी गरिसकेको छ । 

केही दिनअघि सार्वजनिक गरिएको मापदण्डअनुसार कोभिड १९ संक्रमणबाट बच्न प्राधिकरणले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विमानस्थल खुलाउने तयारी स्वरूप निर्देशिका ल्याइएको एक अधिकारीले बताए । “सम्भवतः असार १ गते नभए असार पहिलो साता आन्तरिक विमानस्थल सञ्चालन गर्ने तयारी छ,” उनले भने । नियमित अन्तर्राष्ट्रिय हवाई सेवा भने अलि ढिला सञ्चालन गर्ने सरकारको तयारी छ ।

कस्ता व्यक्तिले यात्रा गर्न पाउँदैनन् ?
प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन् । ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फारेनहाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन् । यस्तै विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहुनुपर्नेछ । मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देश गरेको छ । विमानस्थलमा अत्यावश्यकलाई बाहेक अन्यलाई ट्रली प्रयोग गर्नमा पनि बन्देज लगाइनेछ ।
 
७० वर्षमाथिका र गर्भवतीलाई पनि यात्रा गर्न नदिइने
प्राधिकरणले जारी गरेको निर्देशिकामा ७० वर्षमाथिका वृद्धवृद्धा, गर्भवती एवं गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म यात्रा नगराउन एयरलाइन्स अपरेटरहरूलाई निर्देशन दिएको छ । ७० वर्षमाथिका, गर्भवतीमा संक्रमणको सम्भावना धेरै हुने भएकाले त्यस्तो व्यवस्था गरिएको प्राधिकरणका एक कर्मचारीले बताए । विमानमा घरपालुवा जनावरलाई यात्रा गराउन पाइने छैन ।

विमानभित्र पनि सामाजिक दूरी कायम गर्नुपर्ने
विमान सेवा दिँदा विमानभित्र पनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विमान कम्पनीहरूले सत्–प्रतिशत क्षमतामा यात्रु उडाउन पाउने छैनन् । ती अधिकारीका अनुसार विमान कम्पनीले ५०/६० प्रतिशत क्षमतामा मात्रै हवाई सेवा दिनुपर्नेछ ।

आन्तरिक हवाई सेवा सञ्चालनकाे तयारी

प्राधिकरणले जारी गरेको यो निर्देशिक आन्तरिक तथा बाह्य दुवैतर्फको उडान सेवा, ग्राउन्ड ह्यान्डलिङ कर्मचारी, एयरलाइन्स अपरेटर, विमानस्थलका कर्मचारी सबैका लागि रहेको जनाएको छ । निर्देशिकामा विमानस्थल प्रवेश गर्दादेखि गन्तव्यबाट नबाहिरिँदासम्म पालना गर्नुपर्ने नियम निर्देशिकामा समावेश गरेको छ ।

प्राधिकरणको निर्देशिका यस्तो छ :
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro