
काठमाडौं । कतार एयरवेज र इतिहाद एयरले औषधि तथा उपचार सामग्री लिएर आज नेपाल आउँदै छन् । कतार सरकार र संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको औषधिलगायत सामग्री सहयोग गर्न औषधि बोकेर ती विमान नेपाल आउन लागेका हुन् ।
यी दुईवटै विमान आज दिउँसो ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजुकमार क्षेत्रीले जानकारी दिए । कतार एयरवेज कतारको पर्यटन बोर्डले चार्टर्ड गरेको छ भने इतिहाद एयर यूएईको राजदूतावासले कार्गो चार्टर्ड गरेको क्षेत्रीले बताए ।
कतार र यूएई सरकारले स्वास्थ्य सामग्री दिन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पुष्टि गरे । उनले भने, “कतार र यूएई सरकारले नेपाल सरकारलाई स्वास्थ्य सामग्री आज हस्तान्तरण गर्ने कार्यक्रम छ । ती औषधि कोरोनाविरुद्ध प्रयोग हुने औषधि हुन् ।”