site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेतीको समयमा मल नपाइने किसानको चिन्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । खेतीको समय सुरु हुँदैछ । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएकाले मल पाइँदैन कि भन्ने चिन्ता किसानलाई परेको छ । तर, सरकारले लकडाउनको समयमा पनि कृषि सामग्री कम्पनी लिमिटेडका देशभर रहेका ४१ वटा शाखा र कृषि सहकारीमार्फत् मल बिक्री–वितरण भइरहेको जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले युरिया, डीएटी र पोटास स्टक रहेकाले किसान आत्तिनुपर्ने अवस्था नभएको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले असारसम्मलाई पुग्ने युरिया र भदौसम्मलाई पुग्ने डीएटी र पोटास मल रहेको बताए । उनले असारपछिका लागि पनि टेन्डर गरिसकेको र त्यो बेलासम्म परिस्थिति सहज भएर थप मल आइसक्ने बताए । उनले बाह्रखरीसँग भने, युरिया मल अहिलेको स्टकले असारसम्मलाई पुग्छ र थप आउने क्रममा छ ।

उनले विशेष गरी युरिया मल साउनदेखि प्रयोग हुने भएकाले यस बीचमा थप मल आउने पनि बताए । उनले भने, ‘‘हालको परिस्थितिले असहज भए पनि मल बिक्री–वितरण रोकिएको छैन । किसानलाई पाउन सहज पनि छैन ।’’ उनले देशैभर यी मल रहेको बताए । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रडिङ कर्पोरेसनले अनुदानको मल बिक्री–वितरण गर्दै आएका छन् । 

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले मुलुक लकडाउनमा गए देखिको अवधिदेखि हालसम्म ९ हजार मेट्रिक टन युरिया बिक्री भएको बताए । उनले कम्पनीको देशका विभिन्न ठाउँमा रहेका ४१ वटा कार्यालय र ५ हजार ३ सय कृषि सहकारीबाट मल बिक्री वितरण भइरहेको बताए ।

उनले भने, ‘‘लकडाउनको समयमा पनि हामीले मल बिक्री–वितरण गरिरहेका छौं । तर, केही ठाउँमा भने कोरोना भाइरसको सुरक्षाका कारण प्रशासनले केही दिन बिक्री नगर्न भनेकाले गरिएको छैन ।’’

कम्पनीका अनुसार चितवन, धादिङलगायतका केही स्थानमा अस्पताल नजिक रहेकाले भीडभाड नहोस् भन्नाका लागि केही दिनलाई मल बिक्री–वितरण नगरिएको जनाएको छ ।
 
महंगोमा मल बिक्री गर्ने सहकारी कारबाहीमा

देशभर रहेका पाँच हजार ३ सयवटा कृषि सहकारीबाट यी मल बिक्री–वितरण हुँदै आएको छ । तर, हालको असहज परिस्थितिमा समेत केही कृषि सहकारीले बढी मूल्य लिएर बिक्री गरेकाले कारबाही गरिएको प्रबन्ध सञ्चालक भण्डारीले बताए ।

बारामा रहेको एक कृषि सहकारीले धेरै मूल्य लिएर मल बिक्री गरेको पत्ता लागेपछि १० जना थुनामा परेको उनले बताए । उनले मलको अभाव हुन नदिन प्रयास गरिरहेको भन्दै किसानलाई पनि मितव्ययी भएर मल प्रयोग गर्न आग्रह गरे । उनले केही व्यक्तिहरूले चाहिनेभन्दा बढी मल थोपार्न खोजेको हुन सक्ने भन्दै त्यस्तो नगर्न पनि उनले आग्रह गरे ।

‘‘हामीले मलको अभाव हुन नदिन ६ महिना अगाडिदेखि नै पूर्वतयारी गरेका थियौं, तर कोरोनाले परिस्थिति अर्कै बनाइदियो,’’ उनले भने, ‘‘हामीसँग भएको स्टकले अभावै हुन भने दिँदैनौं, खालि मितव्ययी भएर प्रयोग गरिदिन किसानलाई आग्रह छ ।’’ 

सांकेतिक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro