site stats
बाह्रखरी :: Baahrakhari
विशेष
७७ जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण 

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को ७७ जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म जम्मा परीक्षण संख्या २७ हजार ४ सय ७१ पुगेको छ । पीसीआर विधिबाट ८ हजार ६७ जना र १९ हजार ४ सय ५४ को आरडीटी कोरोनाको परीक्षण भएको जानकारी दिए । उनले देशैभरका क्वारेन्टाइनमा चार हजार ५३६ जना रहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नेपालमा शुक्रबार १४ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म ३० जना  पुगेका छन्, जसमा दुई जना निको भएका छन्,” उनले भने, “हिजो भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ ।” 

२८ जना कोरोना संक्रमितमध्ये पाटन अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा २, सेती प्रादेशिक अस्पतालमा ५, नारायणी उपक्षेत्रीय अस्पतालमा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ र कोशी अञ्चल अस्पतालमा १४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना आइसोलेसनमा छन् ।

मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयको मोबाइल एपमा ३ जना रहेका छन् । हालसम्म रेड जोनमा पर्नेको संख्या २ सय ५४ जना पुगेको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्