site stats
बाह्रखरी :: Baahrakhari
देश
लकडाउनका समयमा घरेलु हिंसामा परे कसलाई खबर गर्ने ? 

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण बढेसँगै विश्वभरका विभिन्‍न मुलुकमा लकडाउन घोषणा गरिएको छ । विश्वभरका विभिन्‍न मुलुकहरुले लामो समयका लागि लकडाउन र घरबाहिर निस्किन प्रतिबन्ध लगाएका बेला घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको थियो । 

राष्ट्रसंघका महिलाविरुद्धको हिंसाका विशेष प्रतिनिधि डुबराभ्का सिमोनोभिकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, "प्रारम्भिक प्रहरी सुझाव र हटलाइन रिपोर्टका अनुसार लकडाउनका समयमा घरेलु हिंसाका घटनाहरु बढ्‍नसक्‍ने देखिन्छ । धेरै महिला र बालबालिकाका लागि घर नै दुर्व्यवहार र त्रासको क्षेत्र बन्‍नसक्छ । अधिकांश केसहरुमा 'नजिकको साथि'को मृत्युका घटनाहरु पनि बढ्‌न सक्छन् ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा पनि पछिल्लो समय घरेलु हिंसा, महिला हिंसालगायतका घटनाहरु बढिरहेको बेला लामो समयमा लागि गरिएको लकडाउन र घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको समयमा घरेलु हिंसाका घटना थप बढ्‍नसक्‍ने भएकोले सचेत र सजग हुन महिला विकासका क्षेत्रका काम गर्दै आएको महिला विकास तथा एकता केन्द्र (रुडुक) की महासचिव ज्योत्सना साउँदले बताएकी छन् । 

उनले यस समयमा उपयुक्त सुझाव र परामर्श गर्ने व्यक्तिको सम्पर्कमा रहन समस्या हुने भएकोले रुडुकले सुदूरपश्चिमका तीन जिल्लामा परमर्शदाता राखेको बताइन् । उनले भनिन्, "यसबेला घरबाहिर निस्किएर छरछिमेकीलाई भन्‍ने, प्रहरीलाई रिपोर्ट, अन्य महिला अधिकारसम्बन्धी काम गर्ने संघसंस्थामा गएर उजुरी गर्नसक्ने अवस्था नहुनसक्छ । त्यसकारण सुदूरपश्‍चिमका तीन जिल्लामा हामीले तालिमप्राप्त परामर्शदाता खटाएका छौं ।" 

उनका अनुसार ममता शाह (फोन नम्बर - ९८६०७१८२४७) र रेनु श्रेष्ठ (९८४८४२०२३३), डडेल्धुरामा सरस्वती खड्का (९८४८८२६०५५), भरत गैराल (९८४८७२६९४४) र अमर साउद (९८०६४१२२०२) र कञ्‍चनपुरमा पशुपति थापा (९८४८७२४२४९) मा सम्पर्क गरी उचित परामर्श लिन सकिनेछ । 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १५:३१
प्रतिक्रिया दिनुहोस्