site stats
बाह्रखरी :: Baahrakhari
विशेष
राष्ट्र संघद्वारा दुई अर्ब डलरको मानवीय सहायता योजना घोषणा

काठमाडौं । संयुक्त राष्ट्र संघले दुई अर्ब अमेरिकी डलरको विश्वव्यापी मानवीय सहायता योजना घोषणा गरेको छ । विश्वभर नोभेल कोरोना भाइरसले विश्वका गरिब मुलुकहरु ठूलो संकटमा परेकोले त्यस्ता मुलुकहरुलाई सहयोग गर्न मानवीयता सहायता योजना घोषणा गरेको हो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विश्व स्वास्थ्य संगठन र राष्ट्र संघका अन्य साझेदारहरुको आग्रहमा राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालसँगको समन्वयमा यस्तो योजना ल्याइएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"उचित लगानीसहितको यस योजनाले धेरै मानिसहरुको ज्यान बचाउन, मानवतासम्बन्धी काम गर्ने विभिन्‍न नियोगहरु, प्रयोगशालाका आवश्यक परीक्षण उपकरणहरु, संक्रमितको उपचार गर्ने अन्य आवश्यक चिकित्सा उपकरणहरुका लागि प्रयोग गरिनेछ," गुटेरेसले भने ।

"कोभिड-१९ ले सिंगो मानवतालाई नै खतरामा पारेको छ । त्यसकारण सम्पूर्ण मानव जातीले यसविरुद्ध लड्नुपर्छ । कुनै एक मुलुकको लडाइले मात्र पुग्दैन । बलियो स्वास्थ्य प्रणाली भएका धनी मुलुकहरु पनि कोरोनाको सामना गर्न सकिरहेका छैनन् ।" 

गुटेरेसले अहिले मानवता नै संकटमा परेका मुलुकहरुलाई सुरक्षा गर्नपर्ने समय भएको बताए । उनले द्वन्द्वबाट ग्रसित, प्राकृतिक विपत्तिबाट ग्रसित र वातावरणीय परिवर्तनको चपेटामा परेका मुलुहरुको सुरक्षा गर्नुपर्ने भएको छ । "हामीले अति जोखिमा रहेका करोडौं करोड मानिसहरु, जसले आफ्नो सुरक्षा आफैं गर्न सक्दैनन्, उनीहरुको सुरक्षा गर्न लाग्‍नुपर्दछ," उनले भने । 

"यो मानवीय एक्यबद्धताको आधार हो । भाइरसविरुद्ध लड्‍न पनि निकै महत्वपूर्ण छ," उनले थपे ।  -सीएनएन

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  २०:४२
प्रतिक्रिया दिनुहोस्