site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
कोभिड १९ नियन्त्रणका लागि प्रदेश ५ को १० करोडको कोष स्थापना
Sarbottam CementSarbottam Cement

दाङ । प्रदेश ५ सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि विशेष योजना तयार पारेको छ । कोरोना रोकथामका लागि प्रदेश ५ सरकारले १० करोडको कोष स्थापना गरेको छ ।

उक्त कोषमा प्रदेश ५ मन्त्रिपरिषदका सदस्यहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस संयोजक शेरबहादुर केसीले बताए । कोषमा स्थानीय सरकार, प्रदेश सभाका सदस्य, प्रदेश सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा प्रदेशमा कार्यरत विभिन्न संघ-संस्था र विभिन्न व्यक्तिबाट प्राप्त सहयोग जम्मा गरिने उनले जानकारी दिए । उनका अनुसार उक्त रकम कोभिड १९ को नियन्त्रण, उपचार र राहतमा मात्र खर्च हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका साथै प्रदेश सरकारअन्तर्गत ४ ठाउँमा कोरोना उपचारका लागि आइसोलेसन अस्पताल सञ्चालनका लागि दुई-दुई करोड प्रदान गर्ने निर्णय भएको छ । प्रदेश सरकारका मन्त्रीहरुलाई त्यसको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको छ ।

दाङ बेलझुन्डीका लागि कुलप्रसाद केसी, नेपालगन्जको धम्बोझीका लागि वैजनाथ चौधरी बुटवलका लागि लीला गिरी र भैरहवा भीम अस्पतालका लागि सामाजिक विकासमन्त्री सुदर्शन बराललाई जिम्मेवारी दिइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय