site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फामा कोरोना छिर्दैन ? 
SkywellSkywell

काठमाडौं । विश्व अहिले कोरोना भाइसरको त्रासमा छ । कोरोनाकै कारण विश्व अर्थतन्त्रसँगै खेलकुद क्षेत्र पनि अछुतो रहन सकेन । अझ भन्ने हो भने विश्वका अधिकांश ठूला खेलकुद प्रतियोगिताहरू अनिश्चित कालका लागि स्थगित भइसकेका छन् । केही सञ्चालनमा रहेका प्रतियोगिता पनि दर्शकबिना बन्द रंगशालामा भइरहेका छन् ।

अमेरिकन बास्केटबल लिग, युरोपनियन च्याम्पियन्स लिग र युरोपका घरेलु लिग जस्ता ठूला प्रतियोगिताहरू स्थगित भएका छन् । यसै वर्षको जुलाइमा जापानमा आयोजना हुने तय भएको ओलम्पिक सार्न छलफल भइरहेको छ । विभिन्न देशले ओलम्पिक छनोट स्थगित गरेका छन् ।

छिमेकी भारत र पाकिस्तानले पनि आफ्ना जारी प्रतियोगिता बिना दर्शक बन्द रंगशालामा खेलाइरहेका छन् । पाकिस्तानले ठूलो क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीपीएल) बन्द रंगशालामा खेलाउँदै आएको छ । भारत सरकारले विदेशी खेलाडीलाई अप्रिल १५ सम्म प्रवेशकमा रोक लगाएपछि मार्च २९ बाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) पनि १८ दिनका लागि सरेको छ ।

KFC Island Ad
NIC Asia

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत यसलाई महामरीको घोषणा गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयले समेत सबै संघ संगठनहरूलाई खेल गतिविधि स्थगित गर्न विज्ञप्ति जारी गर्दै निर्देश गरिसकेका छन् । यता नेपाल सरकारले पनि भिडभाड नगर्न र हुलमुलमा नजान आग्रह गरेको छ ।

मन्त्रालय र राखेपको आग्रहबमोजिम नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि अनिश्चितका लागि स्थगित भएको छ । मोफसलका ठूला प्रतियोगिताहरू स्थगित भएका छन् । गत साता घोषणा गरेको पहिलो उपमेयर महिला फुटबल लिग कोरोनाकै कारण एन्फाले स्थगित गर्‍यो ।

Royal Enfield Island Ad

घरेलु मैदान दशरथ रंगशालामा आयोजना हुने कतार विश्वकप छनोटका दोस्रो चरणका खेलहरू समेत फिफा र एएफसीले अनिश्चित कालका लागि स्थगित गरे । कोरोना कै कारण देखाउँदै सुरु भएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पनि स्थगित भयो । तर, एन्फाको मैदानमा सञ्चालित प्रतियोगिता ‘बी’ डिभिजन लिग अपवाद बन्न पुग्यो ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सतर्कता देखिएको एन्फा ‘बी’ डिभिजन लिगका लागि भने पछि हटेको छ ।

चैतको अन्तिम सातासम्म चल्ने ‘बी’ डिभिजन लिगमा दर्शक राख्दै एन्फाले प्रतियोगिता सञ्चालन गरिरहेको छ । ११ चरणसम्म चल्ने लिगका भर्खर चौथो चरणमा खेल सकिएका छन् । एन्फाका प्रवक्ता किरन राईले सतर्कताका साथ लिग सञ्चालन गरिरहेको बताए । तर, एन्फाले गेटमा थर्मल गर्नबाहेक अन्य कुनै सतर्कता अपनाएको पाइँदैन ।

यस विषयमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सानो विषय भन्दै बोल्न अस्वीकार गरे । अध्यक्ष शेर्पाले आफूलाई सानो विषयमा बोल्ने अधिकार नदिएको समेत बताए । 

“प्रतियोगिता सरकारको सूचना पूर्व सञ्चालन भएकाले लिगलाई स्थगित गर्न नसकिएको हो,” प्रवक्ता राईले भने, “लिगका लागि लाखौं खर्च भइसकेको छ । एन्फालाई आर्थिक भार पर्ने अवस्था सृजना हुने भएकाले प्रतियोगिता जारी राखेका हौं ।” 

राईको भनाइलाई मान्ने हो भने मोफसलमा आयोजना हुने तयारी भएका प्रतियोगितामा कुनै खर्च भएको छैन ? ईपीएलले विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागिता गराउन करोडौंको खर्च नगरेको हो र ?

प्रवक्ता राईले दर्शकको चाप धेरै नभएको र कोरोनाको प्रभाव देखिए प्रतियोगिता स्थगित गर्ने जानकारी दिए । “नेपालमा कोरोनाको खासै प्रभाव देखिएको छैन । प्रभाव देखिए हामी खेल स्थगित गर्ने छौं,” राईले भने ।

नेपालमा कोरोनाको प्रभाव नभए मोफसलका गोल्डकप स्थगित गर्न एन्फाले किन निर्देशन दियो । महिनौं चल्ने प्रतियोगिता सञ्चालन गर्न हुने तर १०–१५ दिनमा सकिने गोल्डकपलाई कोरोनाको प्रभाव भन्ने एन्फाको सोच सही हो ?

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले कुनै पनि प्रतियोगिता सञ्चालन नगर्न निर्देशन दिँदा नमाने पुनः खबरदारी गर्ने बताए । उनले खबरदारी गर्दा समेत अटेर गरे कारबाही गर्न पछि नहटने दाबी गरे । विश्वमा ठूला खेल प्रतियोगिता स्थागित हुँदा र खेलाडीमाथि संक्रमण देखिँदा, शोक मनाई रहेका बेला बेवास्ता गर्न खोज्नुलाई एन्फाको लापरबाही भन्न सकिँदैन र ?
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro