site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घर बनाइदिन्छु भन्दा मख्ख सुवास !
SkywellSkywell

काठमाडौं । ललितपुरको भारदेउमा रहेको एउटा घरमा चारजनाको परिवार । एउटा मात्र कोठा रहेको यो घरमा आमाबुबासँगै दाजुभाइ बस्छन् । यो परिवारको भान्सा पनि यही कोठा हो । यही परिवारका एक सदस्य भने गल्फर सुवास तामाङ हुन् ।

घरेलु भूमिमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुवास यतिबेला मख्ख छन् । एउटै कोठामा जेनतेन चलिरहेको चारजनाको परिवारका लागि कसैले घरै बनाइदिन्छु भनेपछि सुवास पनि पुलकित नबन्ने कुरै भएन । अहिले उनी घर बन्ने भनेपछि निकै खुसी पनि छन् । 

उसो त घर बन्ने भनेर मख्ख परेका सुवास भाइलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने तयारी पनि गर्दै छन् । उनको घर बन्नु र भाइले राम्रो बोर्डिङ स्कुलमा पढ्न पाउनु एकैपटक हुने भएको छ । “मेरो पहिलो सपना भनेको घर बनाउनु र भाइलाई राम्रो बोर्डिङ स्कुलमा पढाउनु हो,” सुवासले बाह्रखरीलाई सुनाए ।

KFC Island Ad
NIC Asia

अहिले कक्षा ३ मा पढ्दै गरेका उनका भाइ आगामी शैक्षिक–सत्रदेखि भने काठमाडौंको एक निजी विद्यालयमा पढ्ने भएका छन् । सुवासको भाइको पढाइको चाँजोपाँजो भने नेपाल गल्फ संघका महासचिव सीबी भण्डारीले मिलाएका छन् । उनले आफैंले सञ्चालन गरेको स्कुलमा सुवासका भाइको पढाइ निःशुल्क गरिदिने भएका छन् । उनको आवासका लागि लाग्ने खर्च भने संघले व्यहोर्नेछ । “सुवासका भाइको स्कुल खर्च बोर्डिङले फ्री गरेको छ । अब आवासका लागि संघले पहल गर्नेछ,” संघका अध्यक्ष टासी घलेले भने, “आवासका लागि संघले प्रायोजक खोज्नेछ । प्रायोजक नभेटे संघ र पदाधिकारी मिलेर तिर्नेछौं । हामी सबैले अठोट गरिसकेका छौं कि सुवासको सपना पूरा गर्नु छ ।”

Royal Enfield Island Ad

कहिले बन्छ घर ?

गल्फ संघको पहलमा बन्न लागेको घर एक वर्षभित्र बनाइसक्ने संघको योजना छ । तर, योजना सफल बनाउन संघले पहल अघि सारेको छैन । विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरसका कारण कुनै प्रक्रिया अघि बढाउन नसकेको संघका अध्यक्ष घले बताउँछन् । 

“सुवासको घर २०२० भित्रै बनाएर हस्तान्तरण गर्ने योजनामा छौं । तर, कोरोनाका कारण कुनै कदम चाल्न सकिरहेका छैनौं,” उनले भने । संघसँग आर्थिक अभाव हुँदा पनि काम सुरु नभएको घलेले बताए ।

“संघसँग आर्थिक अभाव छ । हामीले सहयोग उठाएर सुवासको घर बनाउने निर्णय गरेका हौं । यसका लागि संघले पहल गर्नेछ,” उनले भने, “हामी घर निर्माणका लागि एक च्यारिटी प्रतियोगिता आयोजना गर्ने योजनामा छौं । तर, कोरोनाले गर्दा हुन पाएको छैन । कोरोनाको प्रभाव घट्नेबित्तिकै हामी सुवासको घरको डिजाइनको योजना बनाउनेछौं । अन्य व्यावसायिक व्यक्तिहरूसँग पनि पहल गर्नेछौं ।” 

उनले सुवासको घर बनाउने योजनामा धेरै संघ–संस्था पनि सहयोगका लागि इच्छुक रहेको बताए ।

कस्तो बन्छ घर ?

अहिले एउटा कोठामा बस्दै आएका गल्फर सुवासको परिवारका लागि संघले तीन कोठाको पक्की घर बनाइदिने योजना बनाएको छ । “हामी तीन कोठाको एकतले पक्की घर बनाइदिने योजनामा छौं । तर, उनीसँग जमिन कति छ । त्यो लेखाजोखा गर्न पाएका छैनौं,” अध्यक्ष घलेले भने, “हामी पहिला जमिनको आकार (लम्बाइ र चौडाइ) हेर्नेछौं । किनकि हामीले सुवाससँग जमिन थोरै छ भन्ने सुनेका छौं । त्यसको विषयमा पछि छलफल हुनेछ ।” 

दुई वर्षअघि संघकै पहलमा दुई गल्फरको घर निर्माण गरिएको थियो । संघले टंकबहादुर कार्कीको घरलाई मर्मत गरेको थियो । त्यस्तै अर्का गल्फर सूत्रबहादुर राईको घर निर्माण गरिदिएको थियो । राईका लागि धरानमा एकतले पक्की घर निर्माण गरिएको थियो । उक्त घर संघले पाँच लाख सहयोगमा निर्माण गरेको हो । 

अर्को लक्ष्य एसियन गेम

१३औं सागमा दुई स्वर्ण पदक जितेका सुवासको लक्ष्य अब एसियन गेम हो । यो लक्ष्य उनको मात्र नभई संघको समेत हो । सागमा उनले एकल र टिम गरी दुई विधामा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस्तै सुवासले नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सिल्भर मेडल जितेका थिए । 

सागमा चार दिन खेल्दा १४ अन्डर अर्थात् ७२ होल गरेका कारण सुवास एसियन गेममा पनि राम्रो नतिजा निकाल्न सक्ने क्षमता भएको खेलाडी हुन् । “अब संघको लक्ष्य सुवासलाई एसियन गेमका लागि तयार पार्नु हो । उनी एसियन गेममा पनि राम्रो नतिजा निकाल्न सक्ने क्षमता राख्द छन्,” अध्यक्ष घलेले भने, “उनले सागमा मात्र ७२ होल गरेका थिए । जुन राष्ट्रिय प्रतियोगितामा हालसम्मै उच्च हो । प्रोफेसनल प्रतियोगितामा नेपाका थोरै मात्र खेलाडीको यो नतिजा निकालेका छन् । यो नतिजा राष्ट्रिय खेलमा नेपालका लागि कीर्तिमानी हो । उनले १७ वर्षको उमेरमा नै उत्कृष्ट खेलेर देखाएका छन् ।” 

सागमा उनीसँगै दोस्रो स्थान हासिल गरेका बंगलादेशका खेलाडीले ४ अन्डर र तेस्रो भएका सूत्रबहादुर राईले ३ अन्डरको नतिजा निकालेका थिए ।

उनलाई एसियन गेमको तयारीका लागि सबैखाले प्रतियोगितामा सहभागिता गराउने संघको योजना छ । आउँदो मेमा सुवासलाई संघले एसियन प्यासिफिकका लागि अस्ट्रेलिया पठाउने भएको छ । 

त्यस्तै जुलाईमा मलेसियामा हुने अन्तर्राष्ट्रिय अम्याचुयर गल्फ प्रतियोगितामा सहभागिता हुने संघले जनाएको छ । साउन र भदौमा उनी प्रशिक्षकका लागि भारतको बैगलोर जाने छन् । त्यसपछि उनी सेप्टेम्बरमा मेलबर्नमा हुने एसियन अम्याचुयर प्रतियोगिताका लागि त्यसतर्फ प्रस्तान गर्ने योजना रहेको संघले जनाएको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  ०८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro