site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मास्कमा कालोबजारी, १० रुपैयाँ पर्नेलाई ५० रुपैयाँ ! व्यापारी भन्छन्– मास्क खोज्नेहरुले हैरान पारिसके
SkywellSkywell

काठमाडौं । कोरोना भाइरसको संक्रमण (कोभिड १९) को त्राससँगै बजारमा मास्कको कालोबजारी सुरु भएको छ । 

कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्क मात्र नभइ नेपालमै उत्पादन हुने सर्जिकल मास्कमा समेत कालोबजारी सुरु भएको हो । 

केही समयअघि १० रुपैयाँमा किन्दै आएको ‘युज एन्ड थ्रो’ मास्क अहिले ५० रुपैयाँमा किन्नुपर्ने र कतिपय अवस्थामा त्यो पनि पाउन छाडेको नयाँ बानेश्वरमा बस्दै आएका मनोज ओझाले बताए ।

KFC Island Ad
NIC Asia

यसअघि मेडिकलमा पाउँदै आएको सर्जिकल मास्कसमेत पाउन उपभोक्तालाई समस्या भएको छ । उपत्यका मात्रै नभई देशका विभिन्न स्थानमा मास्क पाउन छाडेको छ ।

नेपालमा करिब ७५ प्रतिशत मास्क चीनबाट आयात हुने गरेको छ ।  तर चीनमा कोरोनाभाइरसको संक्रमणले गर्दा नेपालमा मास्क आयात हुन सकेको छैन । 

Royal Enfield Island Ad

चीनले मास्क पठाउन छोडेपछि नेपालमा मास्कको अभाव भएको औषधि व्यवसायी संघको दाबी छ । 

संघका अनुसार नेपालमा भारतबाट २५ प्रतिशत र चीनबाट ७५ प्रतिशत मास्क आउने गरेकोमा चीनले जनवरी ३१ बाट मास्क पठाउन रोकेको छ ।

नेपालमै मास्क उत्पादन गर्ने कम्पनी रहे पनि नेपाली उत्पादनले धान्न नसकेको बिक्रेता बताउँछन् । 

काठमाडौंको थापाथलीस्थित एक बिक्रेताले भने,‘‘दैनिक विभिन्न संघ संस्थाले लाखौं मास्कको माग गर्छन् । तर पछिल्लो एक महिनायता मास्क पठाउन सकिएको छैन । दैनिक सयौं व्यक्ति मास्क खोज्न आउँछन् । मास्क, मास्क भन्दै हैरान पारिसके ।’’ 

मास्कको साँच्चिकै अभाव भएको हो वा कृतिम अभाव सिर्जना गरिएको हो सरकारी संयन्त्रले अनुगमन गर्नुपर्ने सेवाग्राही बताउँछन् । 

एक मेडिकल सञ्चाकलका अनुसार बजारमा मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका वस्तुहरुको पनि अभाव छ । 

उनले भने,“केही समय एक प्याकेट मास्कको अगाडि २५० रुपैयाँ पर्ने मास्क अहिले होलसेलले नै १५ सय भन्दा धेरै लिन लागे । त्यसपछि हामीले मास्कको व्यापार गर्न नै छाड्यौँ ।”

थापाथलीमा रहेको सोसाङ फार्मेसीमा ‘यहाँ मास्क छैन’ नै भनेर लेखेर टासिएको छ । 

टेकु अस्पतालमा कोरोनाको आशंकामा ‘आइसोलेसन’मा बसेको समाचार सार्वजनिक भएपछि मास्कको खोजी गर्नेको संख्या ह्वात्तै बढेको व्यवसायी बताउँछन् ।

तर अस्पतालले भने अहिलेसम्म आइसोलेसनमा बसेका २३ जनामा कोरोना पुष्टि नभएको स्पष्ट पार्दै आएको छ ।

फार्मेसीमा मात्र नभएर अस्पतालमा समेत मास्कको अभाव देखिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सहयोगीको रुपमा काम गर्दै आएकी एक महिलाले अस्पतालले आफूहरुलाई केहि हप्तादेखी मास्क दिन दिन छाडेको बताइन् ।

उनका अनुसार अस्पतालको अपरेसन थिएटरबाहेक अरुलाई मास्क दिन छाडिएको छ । 

एन ९५ मास्क चीनबाट आयात गरिँदै आएको थियो । जसको मुल्य २ सयदेखि माथि पर्ने व्यवसायी बताउँछन् ।

राम्रो खालको मास्कलाई पाँचहजारसम्म पर्ने उनीहरुको भनाइ छ । तर अहिले त्यो मास्क पाइँदैन, कतै पाइहालियो भने तीनगुणासम्म बढी तिर्नुपर्छ ।

चीनको वुहान प्रान्तबाट सुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि भित्रिन सक्ने आशंकामा सरकारले ५ मुलुकका नागरिकलाई ‘अन अराइभल’ भिसा समेत नदिने निर्णय समेत गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro