site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आवश्यक समन्वय नहुँदा पर्यटक सहायता कक्ष अलपत्र
SkywellSkywell

काठमाडौं– दरबार मार्गजस्तो व्यस्त ठाउँमा पर्यटन बोर्डले सन् २०२० को प्रारम्भसँगै सहायता कक्षको स्थापना ग¥यो । प्रतिघन्टा ८० रुपैयाँ पार्किङ शुल्क लाग्ने ठाउँमा बनाइएको सहायता कक्ष हालसम्म पनि प्रयोगविहीन छ ।

अन्नपूर्ण होटल अगाडि बनाइएको पर्यटन सहायता कक्ष ३ महिना हुँदा पनि सञ्चालनमा आएको छैन ।

KFC Island Ad
NIC Asia

दरबारमार्गमा मात्रै होइन, पर्यटन वर्र्ष २०२० ले मुलुकका विभिन्न ठाउँमा सहायता कक्ष बनायो । ती सहायता कक्ष कसले हेर्ने भन्ने निश्चित नहुँदा अलपत्र परेका हुन् । सरोकारवाला निकायसँग आवश्यक समन्वय नहुँदा उद्देश्य अनुसार प्रयोगमा आएनन् ।

३ वटा सवारीसाधन पार्किङ हुनसक्ने ठाउँ ओगटेर बनेको उक्त सहायता कक्षले पार्किङमा समस्या ल्याएको पार्किङ व्यवस्थापन हेर्ने कम्पनी ‘ह्विल’का कर्मचारी बताउँछन् ।

Royal Enfield Island Ad

महानगरपालिकासँग नै समन्वय भएर सहायता कक्ष बनेको भए तापनि महिनौंदेखि सञ्चालमा नआउँदा पार्किङका लागि समस्या परेको उनीहरूको गुनासो छ । 

पर्यटन वर्ष २०२० का प्रवक्ता रोहिणीप्रसाद खनाल पर्यटन वर्ष एक वर्षे क्याम्पेन मात्र भएको र सहायता कक्ष भने लामो समयसम्म सञ्चालन गर्ने गरी निमार्ण गरिएको बताउँछ । उनले भने, “वर्षौंसम्म सहायता कक्ष कसले सञ्चालन गर्ने भनेर सरोकारबाला निकायसँग समन्वय गर्दै छौं ।”

पाटनमा बन्दै गरेको सहायता कक्षका लागि महानगरले ठाउँ समेत तोकिएको तर कसले सञ्चालन गर्ने भन्ने निणय हुन नसकेको खनालले बताए । उनका अनुसार  दरबार मार्गमा बनेको सहायता कक्ष अबको केही दिनमा नै सञ्चालनमा आउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro