site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानीपोखरीमा कहाँको पानी हाल्ने ?
SkywellSkywell

काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण अहिले धमाधम भइरहेको छ । यसको काम यही वैशाखमै सकिने गरी भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

सीएमजेभी निर्माण कम्पनीले रानीपोखरीमा रहेको मन्दिर र पुल निर्माणको काम गरिरहेको छ भने पोखरीको सतहको काम भने उपभोक्ता समितिमार्फत हुँदै छ । २०७२ को भूकम्पले क्षति पुगेको रानीपोखरी पुनर्निर्माण सम्पन्नउन्मुख भएसँगै यसमा कहाँको पानी राख्ने विषयमा भने अहिले बहस चलेको छ । यहाँ राख्ने पानी कहाँको हुने भन्नेमा निर्क्योल नहुँदा अन्योल उत्पन्न भएको संरक्षणकर्मीहरू बताउँछन् । 

KFC Island Ad
NIC Asia

“पोखरीभित्र आठ ठाउँमा बोरिङ गर्दा पनि पानी नआएपछि त्रिचन्द्र कलेजछेउ दुई ठाउँमा डिप बोरिङ गरी पानी हाल्न लागिएको हो,” रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले बाह्रखरीसँग भने । उनका अनुसार त्यही पानी ‘ट्रिटमेन्ट’ गरी रानीपोखरीमा माछा पाल्न मिल्ने गरी तयारी भइरहेको छ । 

पहिले रानीपोखरीकै जमिनमुनिबाट पानी आउने गर्थ्यो तर अहिले बढ्दो सहरीकरणलगायत कारणले पानीको सतह घटेको छ । यसैले पनि रानीपोखरीमा पानी टिकाइराख्न सतहमा डेढ फुट कालो माटो राखेर पानीलाई नचुहिने गरी पुनर्निर्माण गरिएको छ ।

Royal Enfield Island Ad

यता खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरिका पोखरी र ढुंगेधारा संरक्षणका लागी मन्त्रालयमै भएको कार्यक्रममा रानीपोखरीमा बोरिङको पानी हाल्न नदिने बताइन् । उनले डिपबोरिङले काठमाडौंका ढुंगे धाराहरू सुकेको बताउँदै यस्तो गर्न नदिने बताइन् । उनले भनिन्, “बरु रानीपोखरीमा आकासे पानी वा मेलम्चीको पानी हाल्छौं ।” सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधर भने रानीपोखरीमा प्राकृतिक रूपमै पानी आउने बताउँछन् । 
तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro