site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘आमा’ ‘नेटफ्लिक्स’मा आउने सम्भावना छ : दीपेन्द्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘आमा’ ‘नेटफ्लिक्स’मा आउने सम्भावना रहेको बताएको छन् । नेटफ्लिक्सका लागि आफूले प्रयास गरिरहेको उनको भनाइ छ । 

“चलचित्र विश्व बजारमा जाने विभिन्न प्लेटफर्म छन् । हल रिलिज मात्रै होइन । यस्तै प्लेटमर्फ मध्येको एक हो, नेटफ्लिक्स,” दीपेन्द्र भन्छन्, “मैले नेटफ्लिक्सका लागि प्रयास गरिरहेको छु । आउने सम्भावना पनि छ ।” दीपेन्द्रको लेखन, छायांकन तथा निर्देशन रहेको हस्पिटल ड्रामा ‘आमा’ यही शुक्रबारबाट प्रदर्शनरत छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राम्रो चलचित्र बनाउन सके चाइना अहिले विश्वकै ठूलो चलचित्र बजार भइसकेको उनी बताउँछन् । कन्टेन्ट राम्रो भए नेटफ्लिक्स र चीन जान सकिने उनको भनाइ छ । 

“बजार छ । विश्वमा जाने धेरै प्लेटफर्म छन् । हामी जान नसकेको मात्रै हो । विश्व सिनारियो हेर्ने हो भाषाले अहिले कुनै ‘माने’ राख्दैन । चलचित्र भिजुअल ल्याङ्गवेजको भाषा हो । आँखाले हेर्ने हो,” दीपेन्द्र भन्छन्, “प्यारासाइट हाम्रा लागि उदाहरण हो । यो चलचित्रमा राम्रो कथालाई राम्रोसँग भनिएको त हो । त्यस्ता कथा त हामीसँग कति छन् कति । तर त्यतिको मेकिङ गर्ने पनि हामीसँग बजेट छैन ।” 

Global Ime bank

केही महिना अगाडि रिलिज भएको चलचित्र ‘आप्पा’का निर्देशक अनमोल गुरुले पनि आफ्नो चलचित्र ‘नेटफ्लिक्स’मा आउने सम्भावना रहेको बताएका थिए । उनले भारतबाट ‘नेटफ्लिक्स’ सम्म पुग्ने प्रयास गरेका थिए । 

अघिल्लो साता नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा आएका ‘नेटफ्लिक्स’का प्रतिनिधिले राम्रो विषयमा बनेका राम्रो चलचित्र भए ‘नेटफ्लिक्स’ले लिने बताएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय