site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
वाईवाई ‘नेपाल स्टार’ विजेतालाई ३५ लाख नगद
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘नेपाल स्टार’ रियालिटी शो को घोषणा गरिएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमको आयोजना गरी सम्झौतापत्रमा हस्ताक्षरसँगै शोको लोगो सार्वजनिक गरिएको हो । ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टको उपस्थितिमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वान चौधरी र की. इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

की. इन्टरटेन्मेन्टको आयोजना र वाईवाईको प्रायोजनमा हुन लागेको रियालिटी शो नोपल टेलिभिजनबाट प्रसारण हुनेछ । कार्यक्रमका लागि देशका ७ वटै प्रदेशमा अडिसन भइसकेको छ । 

गायनसँग सम्बन्धित यस रियालिटी शोमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त निर्णयक छन् । ५० लाख राशिको पुरस्कार व्यवस्था गरिएको छ । रियालिटी शोमा अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार र सोहीमध्ये अन्तिम एक विजेतालाई ३५ लाख नगद प्रदान गरिने पनि जानकारी दिएको हो ।

Global Ime bank

कार्यक्रममा चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ‘छमछमी’ र ‘वाईवाई क्विज’ जस्ता चर्चित रियालिटी शो पछि ‘वाईवाई नेपाल स्टार’ मार्फत पुन एकपटक नेपाल टेलिभिजनसँग सहकार्य गर्न पाएकोमा खुसी भएको प्रतिक्रिया दिए । 

यस्तै निर्णायक आलोक श्रीले देशको आफ्नै रियालिटी शोमा निर्णायकका रूपमा आफुलाई पाउँदा गौरवान्वित भएको बताए । अर्का निर्णायक रामकृष्ण ढकालले पछिल्लो समय नेपालमा भित्रिइरहेको फ्रेन्चाइज शोहरूबीच आफ्नै कार्यक्रम आउनु खुसीको कुरा रहेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय