site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हेल्प नेपाल र नेपथ्यको सहकार्यमा ‘शिक्षाका लागि संगीत’ लाइभ कन्सर्ट हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर– २ स्थित राजकुलेश्वर प्राथमिक विद्यालयको भवन निर्माणका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । हेल्प नेपालको यस कार्यमा देशकै प्रतिष्ठित सांगीतिक ब्याण्ड नेपथ्यले हेल्प नेपालसँग सहकार्य गर्दै ‘उत्कृष्ट शिक्षाका लागि उत्कृष्ट पूर्वाधार’ नाराकासाथ विद्यालय भवन निर्माण सहयोगार्थ लाइभ कन्सर्ट गर्ने भएको छ ।

बितेको दुई दशकदेखि समाजसेवामा सक्रिय सामाजिक संस्था हेल्प नेपाल नेटवर्कले २०७२ बैशाखमा आएको शक्तिशाली भूकम्प पछि दोलखास्थित  राजकुलेश्वर प्राथमिक विद्यालय भवन निर्माणका लागि सहयोग रकम जुटाउन विभिन्न क्रियाकलाप गर्दै आएको छ । सोही क्रममा यस पटक नेपथ्य ब्याण्डले काठमाडौंको भृकुटी मण्डपमा लाइभ कन्सर्ट गर्दै स्कूल निर्माणार्थ सहयोग रकम संकलनमा गर्न सहयोग गर्दैछ । 

Prabhu Bank
Agni Group
NIC Asia

यही फरवरी २९ तारिखका दिन (फागुन १७ गते शनिबार)का दिन भृकुटीमण्डपमा आयोजना हुने नेपथ्य ब्याण्डको लाइभ कन्सर्टबाट उपर भएको रकम उक्त विद्यालयको पूर्वाधार निर्माणमा खर्च गरिने जानकारी हेल्प नेपालले दिएको छ । उक्त लाइभ कन्सर्टको टिकट अनलाईन खरीद गर्न सक्ने पनि जानकारी गराइएको छ ।

नेपथ्य सांगीतिक समूहका अमृत गुरुङले ‘०७२ बैशाख १२मा आएको शक्तिशाली भूकम्पले मुलुकमै ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै, दोलखाको राजकुलेश्वर आधारभुत सरकारी पाठशालामा अध्ययनरत विध्यार्थीहरु पाठशाला भवन पुनर्निर्माण नभईसकेको हुँदा अहिले पनि टहरामै बसेर अध्यन गरिरहनु परेको अवस्था विद्यमान रहेको हुँदा जसरी हामी सबै नेपालीहरु स्वतःस्फूर्तरुपमा सहयोगकोलागि एकजुट भएका थियौं, त्यस्तै सहयोग आज पनि खाँचो रहेको छ’ भन्दै सबैसँग सहयोगका लागि आह्वान गरेका छन् ।

Global Ime bank

हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले ‘नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यसँग सहकार्य गर्दै ‘शिक्षाका लागि संगीत’ कार्यक्रमलाई दर्शक स्रोताले रुचाइदिनु भई विद्यालय निर्माणको सत्कार्यमा खुला मनले सहयाृेग गर्नुुहुने विश्वास व्यक्त गरेका छन् । 

अरुणसिंह भन्छन्, “तपाइँले गर्नु भएको सहयोग दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो तुल्याउन निक्कै महत्वपूर्ण हुनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय