site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रधुम्न अर्थात् प्रमोद
Sarbottam CementSarbottam Cement

२००६ सालमा नेपाली काङ्ग्रेसले राणा शासनविरुद्धको जनक्रान्तिमा सामेल हुन आह्वान ग¥यो । काङ्ग्रेसले देशभित्र मात्रै होइन विदेशमा भएका नेपालीलाई पनि क्रान्तिमा सहयोग गर्न आग्रह गरेको थियो । 

बर्माको सेनामा कार्यरत् प्रमोद प्रधानका बुवा डिगमप्रसाद प्रधान नेपाल फर्किए । जोगबनी नाकामा काङ्ग्रेस नेता तथा कार्यकर्तासँग उनको भेट भयो । जनक्रान्तिमा उनलाई जिम्मेवारी दिइयो रेडियोको । कर्मेली सेनामा पनि रेडियो प्राविधिक रहेका डिगमलाई ‘नेपाल प्रजातन्त्र रेडियो’को प्रथम प्राविधिक बनाइयो । विराटनगर जुटमिलबाट भएको पहिलो प्रसारणमा प्राविधिक डिगम नै थिए । 

क्रान्ति सफल भयो । राणाशासन पतन भयो । काठमाडौं ल्याएर त्यही रेडियो प्रसारण गर्ने निर्णय भयो । डिगम पनि काठमाडौं आउनुपर्ने भयो । तर उनले काठमाडौं आउन मानेनन् । सरकारले त्यहीँको वायरलेस कार्यालयमा सरुवा गरिदियो । 

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०

बुवा रेडियोमा काम गरे पनि त्यसको प्रभाव र लोभ भने प्रमोदमा परेन । ०२९ सालमा एसएलसी दिएका उनको रहर थियो काठमाडौं आउने र अमृत साइन्स क्याम्पसमा पढ्ने । तर उनका दाजुले पनि साइन्स पढिरहेका कारण आर्थिक अभावले प्रमोद विराटनगरमै कमर्स पढ्न बाध्य भए । बुवा माथिल्लो तहमै थिए । भन्थे– तँलाई मेरो कार्यालयमै अकाउन्टमा जागिर लगाइदिन्छु । आईकम पढ्दै गर्दा प्रमोद गए पनि अकाउन्टमा काम गर्न । तर साहित्यमा रुचि भएका उनलाई अकाउन्टका जोड–घटाउले मन खिच्न सकेन । छोडिदिए । 

Global Ime bank

कविता लेख्थे । पत्रिकामा छपाउँथे । साहित्यकार तथा पत्रकारहरुसँग भेट हुन्थ्यो । 

नारदप्रसाद ओझा र कुमारबहादुर श्रेष्ठको ‘कोसेली’ साप्ताहिक थियो । उनीहरुले भने– नेपाली भाषा तिम्रो राम्रो छ, सँगै काम गरौं । लेख्न रुचाउने उनले खोजेकै त्यही थियो । लेख्न थाले । पुस्तक परिचय उनले लेख्ने नियमित स्तम्भ थियो । लेख पनि लेखिरहन्थे ।

प्रमोदले सम्झिए त्यो समयको भव्य सरस्वती पूजा । विद्याकी देवी सरस्वतीको पूजाको भव्य रौनक हुन्थ्यो । तर त्यही पूजामा आशा भोस्लेको गीत बज्थ्यो– ठन्डा लग रही मुझ्से दूर तु नजा । यस्तो उनलाई पटक्कै मन पर्दैनथ्यो ।

‘कोसेली’मा नै हो प्रमोदलाई नारदप्रसाद ओझा र कुमारबहादुर श्रेष्ठले पत्रकारिताको कखरा सिकाएको । रुचिको क्षेत्र । रचना छापिने, नाम आउने । दुईचार जनाले चिन्ने । मनले खाएका व्यक्तिको सान्निध्यमा बस्न पाइने । पत्रकारितामा रस बस्यो । 

त्यहीताका प्रमोदले पहिलो पटक नरेन्द्रविलास पाण्डेको ‘नेपाल समाचार दैनिक’को मोरङ जिल्ला प्रतिनिधि भएर काम गरे । गोकर्णदेव पाण्डेको साप्ताहिक पत्रिकाको प्रतिनिधि भएर पनि काम गरे । 

०३५ सालमा राष्ट्रिय समाचार समितिले विराटनगरस्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा पत्रकार माग्यो । बिनापैसा निजीमा काम गरेका उनले त्यसअघि नै सङ्कल्प गरिसकेका थिए, सरकारी सञ्चार माध्यममा प्रवेश गर्नुपर्छ । 

कारण ?

विज्ञापनको बजार थिएन । सरकारी विज्ञापन पाउन राजा–रानीको जन्मोत्सव, प्रजातन्त्र दिवस र राष्ट्र बैङ्कको सूचना कुर्नु पथ्र्यो । ५० रुपैयाँको विज्ञापन लिन सरकारी कार्यालयमा तीन–चार घण्टा कुर्नुपथ्र्यो । त्यो देखेर उनलाई निजी सञ्चारमाध्यमप्रतिको मोह घटेको थियो । 

० ० ०

प्रमोदले राससमा आवेदन दिए । “दुई÷तीन महिना काम पनि गरेँ । तर राखिएन । पछि फेरि बोलाए,” प्रमोद भन्छन्, “सुरुमा म करारमा प्रवेश गरेको थिएँ । कार्यालय सहायक भनिएको थियो । तर डेस्कमा बसेर काम गर्नुपथ्र्यो ।” 

०४६ को आन्दोलन सम्झिन्छन् उनी । आन्दोलन चलिरहेको थियो । दलहरु समाचार हेरेर बस्थे । कसको समाचार आयो र आएन हेर्थे । कसको लामो र कसको छोटो समाचार भनेर मूल्याङ्कन गर्थे । चित्त नबुझेपछि मेरो÷हाम्रो समाचार किन सानो भनेर निहुँ खोज्थे । यही निहुँमा ०४६को आन्दोलनमा राससको क्षेत्रीय कार्यालय विराटनगरका ढुङ्गामुढा भयो । तोडफोड भयो । 

०४६ को जनआन्दोलनपछि प्रमोद रिपोर्टिङमा निस्कन थाले । कारण थियो– पञ्चायतमा प्रतिबन्धित दलहरु फुकुवा भएका थिए । स्वतन्त्र वातावरणसँगै दलहरुको सङ्ख्या ठूलो भएको थियो । अनि प्रमोदलाई भनियो– जो कसैले रिपोर्टिङ गर्न सक्दैन । थोरै तल–माथि भयो भने पनि त्यसबाट बच्नका लागि अनुभवी व्यक्तिको रिपोर्टिङ आवश्यक पर्छ । 

त्यसपछि हो प्रमोदले समाचारका अक्षर–अक्षर र विषय केलाएको । राजनीतिबाहेकका विषयलाई समाचारमा प्राथमिकता दिएको । राजनीतिमात्रै समाचार हो भन्ने मनोविज्ञान रहेका बेला प्रमोद ‘अफ दि बिट’ समाचार पनि खोज्थे । कहिले सामाजिक विषय, कहिले कृषक र उद्योगीका कुरा त कहिले रोजगारीका विषयलाई समाचारमा ल्याउँथे । आर्थिक समाचारको चलन नै नरहेका बेला प्रमोेदले ‘कृषिबाट पलायन हुँदै गरेको युवा पुस्ता, कृषि क्षेत्र र यसको स्थिति, भारतबाट आयात हुने दुना–टपरा, सुपारी खेती र त्यसको बजार, धान र कोदोभन्दा तरकारी खेती उत्तम’ भन्दै थुप्रै समाचार लेखे । 

० ० ०

०५५ वैशाख १७ गते उनले समाचार लेखे– नेपाल–कलकत्ता बन्दरगाह मार्गमा ठूलो परिमाणमा चोरी । समाचार विभिन्न पत्रपत्रिकाले प्रकाशन गरे । प्रमोदलाई अज्ञात व्यक्तिबाट धम्की आयो, ‘त्यो समाचार किन छापेको ?’ 

बीच बाटैमा ठूलो परिमाणमा कन्टेनरका ढोका फोरेर चोरी हुँदा ठूलो घाटा भइरहेको र त्यसको क्षतिपूर्ति नेपाली व्यवसायीले दिनु परेमा उनीहरु टाट पल्टिने अवस्था आउने एपरल्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक प्रशान्तकुमार पोखरेलले बताएका थिए । समाचारप्रति प्रमोदको विश्वास थियो, उनी ढुक्क थिए । त्यसैले उनी हच्किएनन् । समाचारमा सत्यता छैन भन्ने लागेको भए प्रमाण ल्याउन भने । ती अज्ञात व्यक्तिले धम्की दिएरै फोन राखे । तर प्रमाण लिएर प्रमोदसामु आएनन् ।

पाँचौ तहबाट करारमा प्रवेश गरेका प्रमोद क्रमशः अस्थायी, स्थायी हुँदै नेपालगञ्जस्थित पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा प्रमुख भएर करिब अढाइ वर्ष काम गरे । जिम्मेवारी त प्रमुखको थियो, तर उनी आफैं समाचार खोज्न हिँड्थे । पश्चिम नेपालदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्ला पुगेर समाचार लेखे । उनले लेखेका समाचार काठमाडौंका राष्ट्रिय दैनिककोे प्रथम पृष्ठमा एङकर न्युज बनेर छापिन्थे । राससका समाचार प्रायः दैनिक पत्रिकाले प्रथम पृष्ठमा विरलै छाप्थे । 

०५० र ०५४ मा केही समय काठमाडौं बसेर काम गरे पनि प्रमोद पूर्णकालीन रुपमा ०६० मा काठमाडौं आएका हुन् । कारण, बढुवा भएर नवौं तहमा पुगेपछि जिल्ला र क्षेत्रमा बस्न नपाइने राससको नियम थियो । 

०६१ मा प्रमोदको बढुवा भयो । १० औं तहमा पुगे । राससको प्रधान सम्पादक भए । करिब तीन वर्ष उनले प्रधान सम्पादकको जिम्मेवारी सम्हाले । 

सरकारी सञ्चारमाध्याम । त्यसको प्रभाव कतै न कतै पथ्र्यो नै । राससका विभागीय प्रमुखहरुको बैठक थियो । बैठकमा कर्मचारी सङ्गठनका अध्यक्षले केही समय यता राससको समाचारको गुणस्तर खस्किएको गुनासो गरे । तत्कालीन महाप्रबन्धक देवप्रकाश त्रिपाठीलाई प्रमोदले जबाफ दिए– पत्रकार नियुक्ति गर्नेबेलामा राजनीतिक आस्था हेर्ने ! मन्त्रीका भाइ, भतिज, साला, सालीलाई राख्ने अनि समाचारको गुणस्तर भएन भन्ने ? नियुक्तिको अधिकार हामीलाई दिनुस् अनि मात्रै यो प्रश्न गर्ने हैसियत तपाईंसँग हुन्छ । हैैन भने यो प्रश्न गर्ने अधिकार तपाईंलाई छैन ।

३१ वर्ष काम गरेको रासस ०६५ मा छोडे प्रमोदले । 

प्रायः धेरैले गर्ने गरेको टिप्पणी सरकारी सञ्चारमाध्यममा काम गरेका पत्रकारले निजी सञ्चार माध्यममा काम गर्न सक्तैनन् । धेरै हदसम्म यो सही हो पनि । देखिएको नै त्यस्तै छ । 

तर प्रमोदका हकमा भने त्यो लागू भएन । “०६७ असार १५ गते आर्थिक अभियान दैनिक पुगेँ । ०७६ फागुन ७ गतेसम्म काम गरेँ,” प्रमोद भन्छन्, “अभियानमा भने जति काम गरेँ, डेस्कमा गरेँ । उमेरले पनि रिपोर्टिङमा जान अप्ठ्यारो लागेकाले डेस्कमा काम गरेँ ।”

राससमा रहँदा उनले अरु पत्रपत्रिकाका लागि केही लेख लेखे । तर छद्म नामबाट । प्रद्युम्न श्रेष्ठका नाममा स्तम्भ लेख्ने प्रमोद नै हुन् । 

० ० ०

प्रमोदले नेपाली पत्रकारितामा तीन पुस्ताका पत्रकारसँग काम गरे । नारदप्रसाद ओझा र कुमारबहादुर श्रेष्ठलगायत अग्रज पत्रकारसँग काम गरे, जो नेपाली पत्रकारिताको पहिलो पुस्ता थियो । जुन समय प्रविधिका हिसाबले कठिन समय थियो । मिसन पत्रकारिता थियो । कि बहुदलको पक्ष कि पञ्चायतको पक्षमा पत्रकारिता हुन्थ्यो । प्रकाशक, सम्पादक, रिपोर्टरदेखि वितरकसम्म एउटै व्यक्ति हुने समय थियो त्यो । पत्रकारितामा व्यावसायिकता पाउन कठिन थियो । पत्रकारिता गरेर जीविकोपार्जन हुन पनि गाह्रो ।

प्रमोदले समकालीनहरुसँग त काम गरे नै, पछिल्लो पुस्तासँग पनि काम गर्ने अवसर पाए । उनले सुरु गर्दा पत्रकारितालाई ‘मिसन’सँग जोडिन्थ्यो । अहिले व्यावसायिक भइसक्यो । रहरले पत्रकारिता गर्ने समय थियो त्यो, अहिले सहज जीवन धान्ने पेसा बन्दै गएको छ ।  

० ० ०

साहित्यमा उनको रुचि औधी । पत्रकारितासँगको निकटताले उनलाई पत्रकार त बनायो नै, तर साहित्यसँगको उनको दूरी पनि टाढिएन । पत्रकारिताको समय चोेरेर साहित्य लेखिरहे उनले । 

चारवटा कवितासङ्ग्रह प्रकाशित गरिसकेका प्रमोदले बालसाहित्यमा धेरै कलम चलाए । बालसाहित्यका १६ वटा कृति सार्वजनिक छन् उनका । समालोचनाका सातवटा पुस्तक प्रकाशन गरेका उनी अब नेपाली यात्रासाहित्यको इतिहास लेख्ने तयारीमा छन् । 

उनले लेखेको नेपाली बालसाहित्यको इतिहास त्रिभुवन विश्व–विद्यालय र पूर्वाञ्चल विश्व–विद्यालयले पाठ्यक्रममा समावेश गरेका छन् । 

तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट भाउपन्थीले प्रमोदलाई नेपाली निबन्धको इतिहास लेखिदिन आग्रह गरे । उनले लेखे पनि । तर त्यहीबेला देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । लोकतान्त्रिक गणतन्त्र आयो । उनलाई काम दिने भाउपन्थी प्रज्ञाबाट हटे । प्रमोदले बुझाएको पाण्डुलिपि अलपत्र पर्‍यो । उनले फिर्ता मागे र भूमिकामै पुस्तक लेख्न लगाएको र पाण्डुलिपि अलपत्र परेपछि आफैंले प्रकाशन गरेको भन्दै पुस्तक बजारमा ल्याए । त्यो पुस्तक अहिले सिक्किम र नर्थ बङ्गाल विश्व–विद्यालयमा पाठ्यक्रममै समावेश छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय