site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्स्टाग्राममा बलिउड कलाकारमध्ये सर्वाधिक लोकप्रिय छिन् प्रियंका चोपडा
Sarbottam CementSarbottam Cement

देसी गर्ल प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म आफ्नो सफलताको झण्डा गाड्न सफल अभिनेत्री हुन् । अभिनयमा पाएको सफलतासँगै अभिनेत्री चोपडाले हालै अर्को सफलताको शिखर चुमेकी छन् ।

सर्वसाधारणदेखि सेलिब्रेटीहरूको प्राथमिकतामा पर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा प्रियंका सबैभन्दा बढी फलोअर्स कमाउन सफल बलिउड सेलिब्रेटी बनेकी छन् ।

यद्यपि सबैभन्दा बढी फलो गरिएका भारतीय नागरिकमा भने उनी विराट कोहली पछिको सूचीमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको फलोअर्स ५.३ करोड छन् । भने ५ करोड फलोअर्ससहित प्रियंका चोपडा दोस्रो स्थानमा छिन् । त्यस्तै ४.४२ करोड फलोअर्ससहित दीपिका पादुकोण, ४.३२ करोड फलोअर्ससहित आलिया भट्ट र ३.६८ करोड फलोअर्स सहित अक्षय कुमार क्रमशः तेस्रो, चौथो र पाचौँ स्थानमा छन् ।

Global Ime bank

अघिल्लो वर्ष २०१९ को यस लिस्टमा पनि प्रियंका र विराट कोहली नै शीर्ष स्थानमा थिए ।

बलिउड कलाकारहरूमा भने प्रियंका नै पहिलो स्थानमा छिन् । उनी आफ्नो फेसन अर्थात् पहिरन र श्रीमान् निकसँगको फोटोका कारण चर्चामा आइरहन्छिन् । कतिपटक त उनी इन्स्टाग्रामको पोस्टका कारण ट्रोलको सिकार पनि हुने गर्छिन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय