site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसले मृत्युपछि आँखा दानको घोषणा गरे

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अभिनेता राजेश हमाललगायतले मृत्युपश्चात आँखा दानको घोषणा गरेका छन् ।

उनीहरूले तिलगंगा आँखा प्रतिष्ठानको नेपाल आँखा बैकमा मृत्युपर्यन्त आँखा (नानी) दानको प्रतिबद्धता (घोषणा) गरेका छन् । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अभिनेत्री करिष्मा मानन्धर, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतले आँखा दानको घोषणा गरेका हुन् । यस्तै कर्मचारी, नेताहरू, कलाकार आदिले आँखा दानको घोषणा गरेको नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले बाह्रखरीलाई जानकारी दिए । “करिब २५ वर्षको अन्तरालमा ७७ हजारले मृत्युपछि आँखाको नानी दान गर्ने प्रतिबद्धता जनाएका छन्,” उनले भने, “२०५१ भदौ ३१ मा आँखा बैंक स्थापना यता १४ हजारभन्दा बढीले नानी दान गरिसकेका छन् ।” 

जसले मृत्युपछि अरूलाई नयाँ दृष्टि दिए 
तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकमा मृत्युपछि आँखा दान गरेर नयाँ दृष्टि दिनेमा मनमोहन अधिकारीदेखि कलाकार शान्ति मास्केसम्म छन् । त्यसबाहेक हरिवंश आचार्यकी (पत्नी) मीरा, माधव नेपालका बुबा मंगलकुमार उपाध्याय, साहना प्रधानका बुबा, आलोक नेम्वाङ (निर्देशक) नेता निर्मल लामालगायत छन् ।

“आँखा दानबाट धेरैले गुमेको दृष्टि पाएका छन्,” व्यवस्थापक त्वायनाले भने, “आँखा बैंक सुरु भएको वर्ष चिनिमाया तुलाधरले मात्र नानी दिने प्रतिबद्धता जनाएकी थिइन् । उनको नानी सोही वर्षमै झिकिएको थियो ।” सन् २०१५ देखि २०१९ सम्ममा ३ हजार ९ सय ८८ जनाले दृष्टि पाएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले धेरै मानिसमा आँखादान भन्नेबित्तिकै आँखाको डल्लो झिक्ने सोच भए पनि त्यस्तो नहुने सुझाए । “आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र निकाल्ने हो,” रुइतले भने, “यसमा धार्मिक, सांस्कृतिक रूपमा अफ्ठ्यारो केही हुँदैन । मृत्युपश्चात् झिक्ने हो ।”

प्रतिष्ठानका जनसम्पर्क निर्देशक भागिरथ बानियाका अनुसार संकलन भएका सबै नानी प्रत्यारोपण हुँदैन । नानी दान गर्ने व्यक्तिको मृत्यु भएको ८ देखि १० घण्टामा निकालिसक्नुपर्ने रुइतले जानकारी दिए । 

आँखा दानका विषयमा पशुपति आर्यघाट विद्युतीय शवदाह गृहलगायत वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालमा आँखा बैंकबाटै खटाइएका परामर्शदाताहरूले परामर्श तथा जानकारी दिने गरेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, प्रतिष्ठानले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि नानी संकलन केन्द्र स्थापना भई नानीहरू संकलन गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro