site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 चीनमा रहेका नेपालीका अभिभावकले भने- छोराछोरी फिर्ता ल्याइदिनूस्, टुँडिखेलमा राख्छौं
SkywellSkywell

काठमाडौं । चीनमा रहेका नेपालीका अभिभावकहरुले आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरेर फिर्ता ल्याउन माग गरेका छन् ।

अभिभावकहरुले बिहीबार स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेर आफ्ना छोराछोरालाई उद्धार गरेर फिर्ता ल्याएर ज्यान बचाइ दिन माग गरेका हुन् । उनीहरुले राज्मन्त्री रावतलाई सात बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । 

केही समयअघि राज्यमन्त्री रावतलाई भेट्‍न नपाएको भन्दै मन्त्रालय अगाडि धर्ना दिएका थिए । यसअघि धर्नामा बसेका अभिभावहरुले सरकारसँग प्रश्‍न गरे, "प्रधानमन्त्री बालुवाटार बसेर बाँसुरी बजाउने अनि हाम्रा छोराछोरीले मृत्यु कुर्दै रोएर बस्‍नुपर्ने हो ?"

KFC Island Ad
NIC Asia

धर्ना पछि राज्यमन्त्री रावतले उनीहरुलाई भेट्‍न समय दिएका हुन् । उनीहरुले चाँडो आफ्ना छोराछोरीलाई चाँडो फिर्ता ल्याएर ज्यान बचाउन माग गरेका छन् । मन्त्रीसँगको भेटका क्रममा उनीहरुले आफ्ना छोराछोरी कोठामा थुनिएर रहेको र कुहिएको खानेकुरा खानुपर्ने बाध्यता भएको गुनासो गरे । 

सरकारले भने उनीहरुलाई उद्धार गरेर ल्याएर राख्‍ने ठाउँ नभएकोले ढिलाइ भएको बताएको थियो । अभिभावकहरुले भने आक्रोशित हुँदै आफ्ना छोराछोरीलाई नेपाल ल्याएर आए टुँडिखेलमा राख्‍न तयार भएको बताएका छन् । स्वास्थ्य राज्यमन्त्रीसँगको भेटमा एकजना अभिभावक दिनेश श्रेष्ठले भने, "सरकारले किन कानमा तेल हालेर बसेको छ । हाम्रो छोराछोरीलाई फिर्ता ल्याइदेओस् । हामी टुँडिखेलमा राख्‍न तयार छौं ।" 

Royal Enfield Island Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको छ, सरकारले ल्याउनुभने बित्तिकै ल्याउने बताए । 

यसअघि सरकारले चीनबाट नेपाल ल्याइएकाहरुलाई क्‍वारेन्टाइनका लागि राख्‍ने विभिन्‍न चारवटा ठाउँहरु हेरेको थियो । तर, त्यस विषयमा उक्त ठाउँका स्थानीयले विरोध गरेका छन् ।

चीनको वुहानमा कोरोनाको महामारी फैलिएको छ । त्यहाँबाट स्वदेश फर्किन १८० नेपालीले फाराम भरेका छन् । 

चीनमा कोरोनाका कारण १६३ जनाको मृत्यु भइसकेको छ भने २८ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ । 

यसअघि चीनबाट नेपाल आएका एकजनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro