काठमाडौं । सरकारले कोरोना भाइरसकोे सिमानाका र विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी उपचारका लागि विभिन्न अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।
केन्द्रीय अस्पतालहरू वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य प्रतिष्ठान, निजामती अस्पताल (सिभिल) अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । “सरकारी र निजी अस्पतालमा आवश्यक आइसोलेसन वार्ड तयारी राखिएको छ,” उनले भने, “सातै प्रदेशमा उच्च सतर्कता अपनाएको छ ।”
मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई प्रमुख (सहप्रवक्ता) सागर दाहालले तत्कालका लागि उपत्यका बाहिर पोखरा, चितवन र भैरहवामा सकराले हेल्प डेस्कको व्यवस्था गरेकोे बताए ।
उनले भने “पूर्वको पशुपतिगरमा हेल्थ डेक्स सञ्चालन भएको छ भने रसुवा र तातोपानी नाकामा चिकित्सक सहितको हेल्थ डेक्स सञ्चालन गरेको छ ।”
मन्त्रालयले विभिन्न तीन तहमा टोली बनाएर त्यो टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कको अनुगमन गरिरहेको र चीनमा रहेका नेपालीलाई नेपाल ल्याउने सन्दर्भमा राख्ने स्थानको खोजी भइरहेको उनले बताए । सरकारले मंगलबार बेलुकीसम्म चीनबाट उद्धार गरेर ल्याएका नागरिकहरूलाई राख्ने स्थानको पत्ता लगाउने उनको भनाइ छ ।
हालसम्म नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरस देखिएको छ । भने अन्य १० जना चीनबाट आएका शंकास्पद देखिएकोमा उनीहरूको ¥यालको नमुना परीक्षणको रिर्पोटमा केही नदेखिपछि डिस्र्चाज गरिएको छ । भने तीन जनाको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कस्तो तयारी
प्रदेश १
क) इलामको पशुपतिनगरमा हेल्थ डेस्क सञ्चालनमा आएको छ ।
ख) बीपी प्रतिष्ठानले मुख्य स्थानमा सन्देशमूलक सूचनाप्रवाह तथा चेतना विस्तारको काम स्वास्थ्यकर्मीसहितको सेवा दिएको छ ।
ग) विमानस्थलमा हेल्ग डेस्क
प्रदेश २
क) विमानस्थलमा हेल्थ डेस्क स्थापना ।
ख) रेडियोमार्फत सन्देशमूलक सूचना प्रसारण ।
बागमती प्रदेश
क) सरकारी र निजी अस्पताललाई सतर्क एवम् तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन
ख) थर्मल स्क्यानरसहितको सेवा सुरु ।
ग) तातोपानी नाका र भक्तपुरमा हेल्थ डेस्क सञ्चालन ।
घ) सूचनामूलक सामग्रीको वितरण ।
ङ) विद्यालय नर्समार्फत विद्यालयमा सन्देशप्रवाह गरिएको ।
गण्डकी प्रदेश
क) प्रादेशिक स्वास्थ्य निर्देशकको अध्यक्षतामा टास्क फोर्स कमिटी गठन गरिएको छ ।
ख) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा आइसोलेसन वार्डको तयारी अवस्था रहेको छ ।
ग) विमानस्थलमा हेल्थ डेस्क सञ्चालन ।
प्रदेश ५
क) विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन
ख) टास्क फोर्स कमिटी गठन ।
कर्णाली प्रदेश
क) नाकाहरूमा हेल्थ डेस्क स्थापना ।
ख) टास्क फोर्स कमिटी गठन ।
सुदूरपश्चिम प्रदेश
जिल्ला तथा स्थानीय तहसँगको समन्वयमा जनमानसमा सन्देशमूलक सूचनाप्रवाहका लागि समिति गठन ।