site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गिद्ध रेस्टुरेन्ट अध्ययन गर्दै विदेशी अध्येता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दाङ । दाङको तुलसीपुर १९, स्यालापानीमा रहेको गिद्ध रेस्टुरेन्टमा अध्ययन गर्न विदेशी अध्येता आउन थालेका छन् ।

गिद्धसहित पर्यावरण संरक्षणमा यो नौलो कार्यक्रम भएकाले यो अध्ययनका लागि अन्तर्राष्ट्रिय अध्येताहरुको ध्यान तानिएको देखिन्छ । वृद्ध पशु राखेर मृत्युपछि गिद्धको आहारा हुने गरी पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रले गिद्ध रेस्टुरेन्ट सञ्चालन गरेको छ ।

दाङको लालमटियास्थित कालिका समुदाय वनमा पनि गिद्ध रेस्टुरेन्ट राखिएको छ । ‘अहिले विश्वभर पर्यावरण संकटमा छ, यहाँ हामीले समुदाय परिचालनमार्फत पर्यावरण संरक्षण गरिरहेको देख्दा अन्तर्राष्ट्रिय अध्येताहरुलाई नयाँ प्रयोग लागेको हुनसक्छ,’ केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले भने, ‘अहिले फ्रान्सबाट एकमहिने अध्ययनका लागि आएको र तीनजना चरा विशेषज्ञ आइल्यान्डबाट आउँदै गरेको उनले बताए । स्थानीय सरकारले पनि सहयोग गरे यसलाई अझै राम्रो बनाउन सकिने उनको धारणा छ । उनका अनुसार स्थानीय जनप्रतिनिधिले पनि चासो दिएका छन् ।
तस्बिर : बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement