site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमसीसी नेपालको विकासका लागि महत्त्वपूर्ण : सभापति देउवा

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आइतबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले काँग्रेस एमसीसीको पूर्ण समर्थनमा रहेको बताए । पूर्व प्रधानमन्त्री देउवाले एमसीसी जसरी पनि संसद्‍बाट पारित हुने बताए ।

देउवाले एमसीसी नेपालका विकासका सन्दर्भमा मुटु नै भएको दाबी गरे । यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्त्वपूर्ण काम हुने बताए। 

Argakhachi Cement Island Ad

अमेरीकी  राजदूतावासले त्यो इन्डोप्यासिफिक जस्तो सैनेगतिविधि सञ्चालन गर्ने रणनीति नभएको स्पष्ट पारिसकेको हुँदा भ्रममा नपर्न आग्रह गरे ।  

एमसीसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्‍न सजिलो हुने देउवाले विश्वास व्यक्त गरे । उनले बुटवलदेखि डिल्लीसम्म इन्डियाले ट्रान्स्मिसन लाइन बनाउन सुरु गरिसकेको जानकारी दिए । 

त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा  विस्तारमा समेत त्यसे सहयोग पुग्‍ने आशा व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्