site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रुकुमपूर्वसँगै रोल्पा र बाग्लुङमा हिमपात, स्थानीयको जनजीवन कष्टकर
Sarbottam CementSarbottam Cement

दाङ । रुकुमपूर्वमा तेस्रो पटक हिमपात भएको छ । लेकहरूमा पहिले भएको हिउँ नपग्लिदै थप हिउँ परेको छ । चिसो हावासँगै भएको हिमपातले जिल्लामा अत्यधिक चिसो भएको छ । 

रुकुमपूर्वमा पर्ने भूमे र सिस्‍ने गाउँपालिकाका बस्तीहरूमा हिउँ र पानी सँगसँगै परिरहेको हुँदा हिउँ बस्‍न सकेको छैनन् । यस जिल्लासँगै छिमेकी जिल्ला रोल्पाको थबाङ गाउँपालिका र बाग्लुङका लेकहरुमा समेत हिमपात भएको छ । 

थबाङका अग्ला लेकहरुमा हिउँ परिरहेको छ । चिसो हावासँगै परेको हिमपातले त्यहाँको जनजीवन निकै कष्टकर बनेको थबाङ गाउँपालिका-१ का राजकुमार बुढाले जानकारी दिएका छन । जसको कारण मानिसहरु मौसमी रुघाखोकीले थलिएका छन ।

Prabhu Bank
Agni Group
NIC Asia

यता जिल्ला अस्पताल रुकुमपूर्वले पनि यस महिनामा मौसमी रुघाखोकीका बिरामीहरुको संख्या बढिरहेको बताएको छ । "हिमपात भएका कारण चिसो बढेको छ"  चिकित्सक कृष्ण घर्तीले भने, "सबैतिर पानी र हिमपातले गर्दा जनजीवन निकै नै कष्टकर बनेको छ । पशु गोठभित्र राखिएको छ । हिमपाले बालबालिका र पाकापुस्ता बढी जोखिममा छन । 

हिमपात र पानी पर्दा समस्यामा परिन्छ भनेर सर्वसाधारणले पहिल्यै आफ्नो तयारी गरेका हुन्छन् । यहाँ जाडोका लागि दाउराको जोहो पहिल्यै हुन्छ । जिल्लाका धेरैजसो गाउँमा हिउँदमा हिउँ पर्छ ।

Global Ime bank

हिमपातले भूमे-२ काँक्री देखि बाग्लुङको बुर्तिबाङ अन्तर्गतको मध्यपहाडी लोकमार्ग खण्डको सडकमा पिचको कामकाजसँगै सवारी साधन यस महिनाको पहिलो साता देखि ठप्प भएका छन् । बाग्लुङको बुर्तिबाङ र काँक्री सम्म दैनिक यात्रु बस चलिरहेको थियो । उक्त सडक खण्डको करिव २५ किलोमिटरमा पटक–पटकको हिमपातको कारणले अहिले पिचको काम अवरुद्ध भएको छ ।

किसान भने हर्षित

पहाड र वन जंगलमा हिउँले सेताम्मे भएका छन् । भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका बीरबहादुर बुढा हिउँदे बालीको लागि मल भन्दा पनि जलको आवश्यक्ता रहेकोले किसान हर्षित भएको बताउछन । हिउँदे बालीको राम्रो उब्जनी हुने र वर्षे बालीको लागि पनि माटो मलिलो बनाउने भएकाले यसले बालीको उब्जनमा ठूलो सहायता पुर्‍याउने बुढाको भनाई छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement