site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी आन्दोलनले देशलाई समाजवादतर्फ लैजान मद्दत गर्छ : प्रचण्ड 

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी आन्दोलनले देशलाई समाजवादतर्फ लैजान मद्दत गर्ने बताएका छन् ।

समाजवादको आधार तयार पार्न र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउन पनि सहकारी आन्दोलन अपरिहार्य हुने उनको भनाइ थियो । चितवनमा आज नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको बाह्रौं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।

‘देशलाई समाजवादतिर लैजाने हो भने सहकारी आन्दोलन एउटा अपरिहार्य तत्व हो,’ उनले भने, ‘कम्युनिस्ट पार्टी र अहिलेको सरकारले पनि सामाजिक न्यायका निम्ति, समाजवादको आधार तयार पार्न किसानहरूलाई आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने दिशामा लागिरहेको उनले बताए । 

उनले आधारभूत तहमा भएका किसानहरूको जीविका र पेसालाई मर्यादित बनाउँदै देशकै अर्थतन्त्रलाई आत्मनिर्भरतर्फ लैजानुपर्नेमा जोड दिए । ‘कृषिप्रधान देश हुँदाहुँदै पनि, किसानको बाहुल्य भएको देश हुँदाहुँदै पनि लामो समयदेखि हामी हरेक चिज विदेशबाट ल्याउनुपर्ने र परनिर्भर हुँदै जाने डरलाग्दो रोग देशमा देखापरेको छ,’ उनले भने ।

कृषि क्षेत्रमा सुधार गर्ने कुरा र सहकारी आन्दोेलनलार्ई अगाडि बढाउने कुुरामा आफ्नो विशेष अभिरुचि रहेको उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro