site stats
बाह्रखरी :: Baahrakhari
देश
सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम

दाङ । दाङका सबै सामुदायिक विद्यालयमा प्रारम्भीक कक्षा पढाइ कार्यक्रम लागु हुने भएको छ ।

कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरुको पठन सीप सुधार गर्ने उद्देश्यले कार्यक्रम लागु गर्न थालिएको हो । अपांगता भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षणको माध्यमबाट अपाङ्गता भएका बालबालिकाहरुको पढाइ सीपमा सहयोग पुर्‍याउन उक्त कार्यक्रम लागु गर्न थालिएको हो ।

Argakhachi Cement Island Ad

विभिन्न तहको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने, विशेष अपांगता भएका बालबालिकाहरुका लागि तयार गरिएको समावेशी शिक्षणका विभिन्‍न नमुनाहरुको परीक्षण एवंम विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम लागु गर्न लागिएको बताइएको छ ।

अबदेखि दाङका चारसय १९ वटा सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम लागु हुनेछ । आधारभुत विद्यालय तीन सय २४ वटा , माध्यमिक विद्यालय ९५ वटा, स्रोत कक्षा सञ्‍चालन भएको ५ वटा विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।

अपांगता भएका बालबालिकाहरुको कक्षामै प्रारम्भिक गर्न र पछिको अवस्था बिग्रिनबाट जोगाउन, पहिचान भएका बालबालिकाहरुको तथ्यांकहरु अध्यावधिक गरी योजना निर्माणका लागि सहयोग गर्न, उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उक्त कार्यक्रम लागु गर्न लागिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  १४:४४
प्रतिक्रिया दिनुहोस्