site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लवका दाजुसहित २१ कार्यकर्ता जेल चलान
Sarbottam CementSarbottam Cement

दाङ । एक महिनाअघि पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका २१ नेता कार्यकर्ता पुन: जेल चालन भएका छन् । दाङ देउखुरी जिल्ला अदालतले राजपुरबाट पक्राउ परेका विप्लव नेकपाका २१ जना केन्द्रीय सदस्यहरूलाई जनही १५-१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिए पनि उनीहरुले धैरोटीमा छुट्न इन्कार गरेपछि उनीहरुलाई जेल चलन गरिएको हो ।

दाङको राजपुर गाउँपालिकामा पार्टीको विशेष बैठक स्थलबाट पक्राउ परेका उनीहरूलाई जिल्ला न्यायाधीश रितेन्द्र थापाको एकल इजलाशले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ अनुसार राज्यविरुद्धको अपराध अन्तर्गतको मुद्दामा १५-१५ हजार धरौटीमा रिहा गर्न प्रारम्भिक आदेश दिएको अदालतका श्रेस्तेदार वसन्त जोशीले जानकारी दिए । 
आदेश अनुसार जनही धरौटी बुझाउन नसकेमा ६८ को उपदफा २ अनुसार पूर्वपक्षका लागि कारागार चलान गराउन अदालतले आदेश दिएको छ। 

Prabhu Bank
Agni Group
NIC Asia

अदालतको धरौटी मागको आदेशलाई विप्लव नेता कार्यकर्ताले बुझाउन नसक्ने भन्दै कारागार चनाल भएका हुन् । उनीहरूले अदालतमा बुझाउन नसक्ने बेहोराका कागज समेत गरिदिएका छन् । धरौटी नबुझाएमा फैसला नहुँदासम्ममा उनीहरू कारागारमै बस्‍नुपर्ने छ। उनीहरूलाई जिल्ला कारागार घोराहीमा राख्‍न आदेश दिइएको श्रेस्तेदार जोशीले बताए। 

यो आदेशलाई उनीहरूले इन्कार गर्दे धरौटी रकम र आवश्यक कागजात बुझाउन नसक्ने अदालतमा कागज गरेर कारागार बस्‍ने निर्णय गरेको जोशीले बताए । धरौटी बुझाएर छुटेमा पुन पक्राउ पर्ने भएका कारण कारागारमा बस्‍ने निर्णय भएको हुन सक्ने आंकलन भएको छ। 

Global Ime bank

पक्राउ परेकालाई एनसेल टावर आगजनी र सरकारी सवारी साधन आगजनीको मुद्दा दर्ता भएको भए पनि यी दुई मुद्दामा पर्याप्त प्रमाण नभएको हुँदा सामान्य तारिखमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ । पक्राउ परेका नेकपामा नेताहरूका चन्द्रबहादुर चन्द, केशबहादुर बाँठालगायत २१ जना रहेका छन्।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement