site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१० वर्षमा ४ सय ५ केजी लागुऔषध बरामद
Sarbottam CementSarbottam Cement

दाङ । दस वर्षको अवधिमा दाङका ४ सय ५ केजी आगुऔषध बरामत भएको छ । जसमा सबैभन्दा बढी चरेस र गाँजा रहेको छ भने । तेस्रोमा ब्राउन सुगर बरामत भएको छ ।

पहाडी जिल्लामा उत्पादन भएको लागु औषध बिक्री वितरण गर्ने प्रमुख थलो दाङ बन्दै गएको ठहर प्रहरीले गरेको छ । पछिल्ला दस दिनमा मात्रै यसमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ ।

दाङ प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार दाङमा लागु औषध उत्पादन नभए पनि पहाडी जिल्लाबाट दाङ हुँदै भारतसम्म पुग्ने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्यूठानबाट सहज रूपमा लागुऔषध दाङ भित्र्याउन सकिने र यहाँबाट कारोबार गर्न सहज हुने भएकाले दाङलाई कारोबारीले उपयोग गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘झुक्याउँदै भारतसम्म ओसार–पसार हुने गरेको हामीले पाएका छौं,’ प्रवक्ता शाहले भने, ‘लागुऔषधको डरलाग्दो अवस्था छ । उनले आगुऔषध कारोबारीका रूपमा समातिएकाहरू विपन्न र श्रमिक रहेको बताए । उनले अहिलेसम्म भेटिएका भरियाहरू मात्रै रहेको भन्दै मुख्य कारोबारीसम्म पुग्न मुस्किल रहेको बताए ।

Global Ime bank

तस्करको ठूलो जालो छ, मुख्य कोहो भन्ने समातिएकाहरू समेत भन्न सक्दैनन् । सफल भए आर्थिक रूपमा राम्रो आम्दानी हुने देखेर विपन्न र महिलाहरू कारोबार र ओसार–पसारमा बढी संलग्न रहेको बताए ।

आव ०७४–७५ मा मात्रै ३५ जनालाई लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ । यो वर्ष साढे ४५ केजी लागु औषध बरामत गरिएको छ । दाङ प्रहरीले चालु वर्षको हालसम्म ८ केजी ५१६ ग्राम चरेस, ३ केजी ३०० ग्राम, ब्राउन सुगर ५ ग्राम ६६५ मिलिग्राम बरामत गरेको र १६ जना कारोबारीलाई पक्राउ गरेको शाहले जानकारी दिए ।

१० वर्षको तथ्याकलाई हेर्दा सबै भन्दा बढी २०७५–०७६ मा ५८ जना लागुऔषध कारोबारी समातिएका छन् । भने तिनीहरूबाट चरेश ६० केजी, गाजा ७ केजी ६ सय ग्राम, ब्राउन सुगर २२० ग्राम ३९० मिलिग्राम, अफिम २ केजी ५ सय ग्राम, नाइटा«भेट ९७ ल्याब्लेट बरामत भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको लागु औषध बरामदसम्बन्धी अभिलेखमा १० वर्षमा २ सय ८० जना आगुऔषध कारोबारीलाई प्रहरीले नियन्त्रण लिएको छ । यसमा प्रयोगकर्ताहरू ३४ जना रहेका छन् । भने १० वर्षको अवधिमा ४ सय ५ केजी लागु औषध बरामत गरिएको छ । १ सय ४५ जनाविरुद्ध मुद्दा दर्ता भएका छन् ।

रोल्पा गंगादेव गाउँपालिका–४ का गणेश वली असोज १ गते साढे ८ केजी लागु औषध चरेश सहित घोराहीबाट पक्राउ परे । उनीसँगै भूपेन्द्र थापा, अमृत थापा पनि लागुऔषध चरेससहित समातिए । तीनै जनालाई दाङ प्रहरीले घोराही उपमहानगरपालिका १९ बाट पक्राउ गरेको हो । उनीहरूले आगुऔषध ओसारपसारका लागि प्रयोग गर्दै आएको रा३प ४५५९ नम्बरको मोटसाइकल पनि प्रहरीले नियन्त्रणमा लियो ।

प्रहरीले भदौ २२ मा तुलसीपुर उपमहागरपालिका–१८ को पत्रेखोलाबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का तसौवर खानलाई १० ग्राम २ सय १० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गर्‍यो ।

त्यस्तै भदौ २४ गते तुलसीपुर उपमहानगरपालिका–८ बाट १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित तुलसीपुर–५ की माइली भनिने बिमला नेपाली र २ सय ४० मिलिग्राम ब्राउनसुगर सहित तुलसीपुरकै मानबहादुर विक तथा २ सय २० मिलिग्राम ब्राउनसुगरसहित दीपककुमार वलीे पक्राउ परे ।

त्यसै गरेर भदौ २६ मा प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–६ का विपिन भनिने विक्रमजंग मल्ललाई पक्राउ गर्‍यो । पक्राउ परेका मल्लको साथबाट ४ ग्राम दस मिलिग्राम ब्राउनसुगर भेटियो । भदौ २८ मा घोराही–१४ मा बस्दै आएकी विरामाया पुनले लुकाइराखेको ३ केजी ३ सय ग्राम सेतो अफिमसहित नवीना रोका पक्राउ परिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement